प्रधानमन्त्री शाह न्यूयोर्कमा, आज गुटेरेससँग भेटवार्ता

०८ असाेज, न्यूयोर्क । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्यूयोर्क आइपुग्नुभएको छ।

प्रधानमन्त्री शाहलाई न्यूयोर्कस्थित जेएफके अन्तरराष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री शिशिर खनाल, परराष्ट्रसचिव अमृतबहादुर राई र संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि राजदूत लोकबहादुर थापालगायतले स्वागत गर्नुभएको छ।

प्रधानमन्त्री शाहले आजै संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग शिष्टाचार भेटवार्ता गर्नुहुने कार्यक्रम छ। उहाँ न्यूयोर्कस्थित नेपाली नियोगले आयोजना गर्ने स्वागत समारोहमा समेत सहभागी हुनुहुनेछ।

प्रधानमन्त्री शाहले बिहीबार, २४ सेप्टेम्बरमा महासभाको उच्चस्तरीय साधारण बहसलाई सम्बोधन गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रधानमन्त्री शाहको न्यूयोर्क भ्रमण छोटो रहनेछ। उहाँ सेप्टेम्बर २६ मा नेपाल फर्कने कार्यक्रम छ।

You May Also Like

More From Author

+ There are no comments

Add yours