हरिपरिवर्तिनी एकादशीको महत्व !

०५ असाेज, काठमाडौँ । मिति २०८३ साल आश्विन ६ गते मंगलबार हरिपरिवर्तिनी एकादशी तिथि राती ७ / ५७ बजेसम्म त्यस उप्रान्त बामन द्वादशी भएकोले हुनाले यस एकादशीलाई जयन्ती एकादशी र वामन एकादशी पनि भनिन्छ।

एकादश्यां परिवर्तेत सुप्तः श्रीविष्णुरव्ययः।
तस्मात् सा हरिपरिवर्तिनी प्रोक्ता मुनिभिः पुरा॥

अर्थ: एकादशीमा अविनाशी विष्णु सुतेकै ठाउँमा कोल्टे फेर्नुहुन्छ,
त्यसैले मुनिहरुले यसलाई हरिपरिवर्तिनी भनेका हुन्।
ब्रह्मवैवर्त पुराण:

हरिपरिवर्तिनी नाम्ना एकादशी या तिथिर्भवेत्।
तस्या व्रतं कृतं येन तेन सर्वं कृतं भवेत्॥

अर्थ: हरिपरिवर्तिनी नामको एकादशी व्रत जसले गर्छ, उसले सबै व्रत गरेको फल पाउँछ।

ख) पद्म पुराण:
एकादश्यानां सहस्रेण यत् फलं लभते नरः।
हरिपरिवर्तिनी एकादश्यां तत् फलं लभते ध्रुवम्॥

अर्थ: हजार एकादशीले जति फल मिल्छ, हरिपरिवर्तिनी एकादशी एउटैले त्यति फल दिन्छ।

ग) भविष्य पुराण – वामन जयन्ती फल:

भाद्र शुक्ल एकादशी तु वामनस्य जयन्तिका।
उपोष्य तां नरो भक्त्या वामनस्य पदं व्रजेत्॥

अर्थ: भाद्र शुक्ल एकादशी वामनको जयन्ती हो, त्यस दिन उपवास बसेर भक्ति गरे
मान्छे वामन (विष्णु) को पदमा जान्छ।

घ) स्कन्द पुराण – पाप नाश:

कृत्वा पाप-सहस्राणि ब्रह्महत्यादिकानि च।
हरिपरिवर्तिनीं कृत्वा मुच्यते सर्व-पातकैः॥

अर्थ: हजारौं ब्रह्महत्या जस्ता पाप गरे पनि हरिपरिवर्तिनी व्रत गरे
सबै पापबाट मुक्त हुन्छ।

ङ) व्रत विधि श्लोक:

उपवासं तथा पूजा जगरं च हरेरहः।
एकादश्यां प्रकुर्वीत द्वादश्यां पारणं तथा॥

अर्थ: एकादशीमा उपवास, पूजा, रातभरि जाग्राम बस्नुपर्छ र द्वादशीमा पारण गर्नुपर्छ।

यसको निष्ठापूर्वक व्रत लिनाले वाजपेय यज्ञको फल प्राप्त हुन्छ।पापीहरूको पाप नाश गर्न यो भन्दा ठूलो कुनै उपाय छैन। जो मनुष्य यस एकादशीका दिन मेरो (वामन रूपको) पूजा गर्दछ, त्यसबाट तीनै लोकमा पूज्य हुन पुग्छ।अत: मोक्षको इच्छा राख्ने मनुष्यले यस व्रतलाई विधिपूर्वक लिनु पर्दछ।भगवान् श्री कृष्णसित युधिष्ठिर पुनः सोध्न थाले- हे भगवन ! भाद्रपद शुक्लपक्षको एकादशीको नाम के हो? यसको विधि तथा माहात्म्य कृपा गरी बताउनुहोस्।

अनि भगवान श्रीकृष्णले भन्नुभयो- पुण्य, स्वर्ग र मोक्ष प्रदान गर्ने तथा संपूर्ण पाप नाश गर्ने, उत्तम परिवर्तिनी एकादशीको माहात्म्य म तिमीसित भन्दछु तिमी ध्यानपूर्वक सुन।जसले कमलनयन भगवानलाई कमलको फूलले पूजन गर्दछ, ऊ अवश्यमेव भगवानका समीपमा पुग्दछ। जसले भाद्रपद शुक्लपक्षको एकादशीको व्रत र पूजन गर्छ, उसले ब्रह्मा, विष्णु सहित तीनै लोकको पूजन गरे सरह हुन्छ। अत: हरिवासर अर्थात एकादशीको व्रत अवश्य पनि गर्नु पर्दछ। यस दिन आषाढ शुक्ल हरिशयनी एकादशीमा सुत्नु भएका भगवान निद्रित अवस्थामा नै कोल्टे फेर्नुहुन्छ, त्यसैले यस एकादशीलाई परिवर्तिनी एकादशी भनिएको हो। भगवानका यस्ता सुमधुर वाणी सुनेर युधिष्ठिरले पुनः सोधे हे भगवन ! मलाई अतिसंदेह हुदैछ कि तपाई कसरी सुत्नु हुन्छ र कसरी कोल्टे फेर्नु हुन्छ तथा कसरी राजा बलिलाई हजुरले बाँध्नुभयो र वामन रूपमा अवतरित भई के-के लीला गर्नुभयो? चातुर्मासको व्रतको के विधि छ तथा तपाई निद्रित अवस्थामा रहदा मनुष्यले के कति कर्तव्य पालना गर्नु पर्छ यी संपूर्ण कुरा हजुरले मलाई विस्तारपूर्वक आज्ञा गर्नु हवस्।

युधिष्ठिर का यस्ता जिज्ञासा सुने पचि श्रीकृष्णले आज्ञा गर्नु भयो- हे राजन ! अब तपाई सबै पापलाई नष्ट गर्ने भएको कथाको श्रवण गर्नुहोस। त्रेतायुगमा बलि नामक एउटा दैत्य थियो। त्यो मेरो परम भक्त थियो। विविध प्रकारका वेद सूक्तहरूद्वारा मेरो पूजन गर्ने गर्थ्यो र नित्यप्रति ब्राह्मणहरूको पूजन तथा यज्ञको आयोजना गर्दथ्यो, तर इन्द्र सित द्वेष भएका कारण उसले इंद्रलोक तथा संपूर्ण देवताहरू लाई जितेको थियो। त्यसैले सबै देवता एकत्र भएर सोच-विचार गरी भगवानसमक्ष पुगे। बृहस्पतिसहित इन्द्रादिक देवता प्रभुका नजीकै गई नतमस्तक भएर वेदमन्त्रद्वारा भगवानको पूजन र स्तुति गर्न थाले। अत: मैंले वामन रूप धारण गरेर पाँचौ अवतार लिए र त्यस पछि अत्यन्त तेजस्वी रूपले राजा बलिलाई जिते। यस्त भगवानका मीठा बोली सुनेर राजा युधिष्ठिर फेरी सोद्धछन- हे जनार्दन! तपाईले वामन रूप धारण गरेर त्यस महाबली दैत्यलाई कसरी जित्नुभयो? श्रीकृष्ण बताउन थाल्नु भयो- मैंले वामन रूपधारी ब्रह्मचारीका रूपमा बलिसित तीन पाइला भूमिको याचना गर्दै भने- यो तीन पाइला जमीन मेरा लागि तीनै लोकसमान हुनेछ र हे राजन ! त्यति जमीन त तिमीले अवश्य नै दिनु पर्नेछ। राजा बलिले त्यस्ता कुरालाई तुच्छ याचना ठानेर तीन पाइला भूमिको दान गर्ने संकल्प गरेर मलाई जिम्मा लगायो र मैंले आफ्नो त्रिविक्रम रूपलाई बढाएर यहाँ सम्म कि भूलोकमा पद, भुवर्लोकमा जंघा, स्वर्गलोकमा कम्मर, मह:लोकमा पेट, जनलोकमा हृदय, यमलोकमा कंठको स्थापना गरी सत्यलोकमा मुख, त्यस माथि आफ्नो मस्तक स्थापित गरी दिए। सूर्य, चंद्रमा आदि सबै ग्रहगण, योग, नक्षत्र, इंद्रादिक देवता र शेष आदि सबै नागगणले विविध प्रकारले वेद सूक्तद्वारा प्रार्थना गरे। अनि मैंले राजा बलिको हात समातेर भने- हे राजन ! एक पदद्वारा पृथ्वी, अर्कोद्वारा स्वर्गलोक पूर्ण भयो।

अब तेस्रो पौ कहाँ राखु ? त्यस पछि बलिले आफ्नो शिर झुकायो र मैंले आफ्नो खुट्टा उसको मस्तकमा राखी दिए अनि मेरो त्यो भक्त पाताललोकमा गयो। तत्पश्चात उसको बिन्ती र नम्रता देखेर मैले भने हे बलि ! म सदैव तिम्रा नजीकै बस्नेछु। विरोचनका पुत्र बलिले अनुरोध गरे पछि भाद्रपद शुक्ल एकादशीका दिन बलिको आश्रममा मेरो प्रतिमा स्थापित भयो। यस्तै अर्को प्रसँग छ- क्षीरसागरको, म शेषनागको पिठ्यूँमा यसै एकादशीका दिन शयन अवस्थामा कोल्टे फेर्ने गर्दछु, त्यसैले तीनै लोकका स्वामी भगवान विष्णुको त्यस दिन पूजा गर्नु पर्छ। ताँबो, चाँदी, चामल र दहीको दान गर्नु उचित हुन्छ। रात्रिका समयमा अवश्यमेव जागरण गर्नुपर्छ। जसले विधिपूर्वक यस एकादशीको व्रत गर्दछ, त्यो सबै पापबाट मुक्त भई स्वर्गमा गएर चन्द्रमा-समान प्रकाशित हुने अवसर पाउँछ र यशप्राप्ति हुन्छ। जसले पापना

You May Also Like

More From Author

+ There are no comments

Add yours