देशभर मनसुनी वायुको प्रभाव कायमै, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

कोशी, मधेस र लुम्बिनी प्रदेशको तराई भूभागमा हावाहुरीसमेत चल्ने

२६ भदाै, काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको छ।

जसको प्रभावले देशभर साधरणतया बादल लागेको छ। कर्णाली प्रदेशका केहि स्थानमा, कोशी, बागमती, लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा मधेस, गण्डकी र सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा चट्याङ्गसहित मध्यमसम्मको वर्षा भइरहेको छ।

आज दिउँसो देशभर साधरणतया बादल लाग्नेछ । देशका हिमाली भूभागका केही स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागका धेरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ। मधेस प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा तथा सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ।

बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । मधेस प्रदेश तथा कोशी र लुम्बिनी प्रदेशको तराई भूभागका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना रहेको छ।

आज राति देशभर साधरणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका थोरै स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका थोरै स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ। मधेस प्रदेश तथा कोशी प्रदेशका तराई भूभागका केही स्थानमा तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ।

बागमती, र गण्डकी प्रदेशको पहाडी भूभागका साथै लुम्बिनी प्रदेशको तराई भूभागको एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours