हुन् असार आर्थिक वर्ष २०८२/८३ को अन्तिम महिनासम्मका टप टेन आईएसपी: अघिल्लो आर्थिक वर्षको तुलनामा के छ उतारचढाव?

०२ भाद्र, काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को अन्तिम महिना २०८३ असार मसान्तसम्मको एमआईएस प्रतिवेदन अनुसार इन्टरनेट सेवा प्रदायक (आईएसपी) मार्फत इन्टरनेट जडान गर्नेको संख्या ३१ लाख ५१ हजार ६५१ पुगेको छ। यो आँकडा अघिल्लो वर्षको सोही अवधि अर्थात् २०८२ असार मसान्तसम्म २८ लाख ९४ हजार २३६ थियो।

यस हिसाबले हेर्दा ब्रोडब्याण्ड इन्टरनेट प्रयोगकर्ताको सङ्ख्या एक वर्षमा २ लाख ५७ हजार ४१५ ले वृद्धि भएको छ।

नेपालमा आधिकारिक रुपमा सञ्चालनमा रहेकामध्ये ग्राहक संख्याको आधारमा नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायकको रुपमा वर्ल्डलिंक कम्युनिकेशन प्रालि रहेको छ। चालु आर्थिक वर्षको अन्तिम महिना अर्थात् २०८३ असारमा पनि कम्पनीको यो साख यथावत नै छ। यो कम्पनी २०८२ असार मसान्तमा पनि सूचीको पहिलो नम्बरमै कायम थियो।

२०८२ असार मसान्तमा कम्पनीका ग्राहक १० लाख १२ हजार ७४६ रहेकामा २०८३ असार मसान्तमा आइपुग्दा १० लाख ९२ हजार २९ पुगेका छन्। एक वर्षमा कम्पनीले ७१७ ग्राहक गुमाएको छ।

यस्तो छ समग्र टप टेनको तुलनात्मक तालिका

२०८२ असार२०८३ असार
क्रं स. कम्पनीग्राहककम्पनीग्राहकश्रेणी
१वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेड१०१२७४६वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेड१०१२०२९१
२डिस मिडिया नेटवर्क३६१३९४डिस मिडिया नेटवर्क३७४२१८२
३भायानेट कम्युनिकेशन प्रालि३१९००८भायानेट कम्युनिकेशन प्रालि३७३८५१३
४सुबिसु केबलनेट प्रालि२९९२२५क्लासिक टेक प्रालि२९२९२२४
५क्लासिक टेक प्रालि१८७१३७सुबिसु केबलनेट प्रालि२६८६२२५
६वेबसर्फर नेपाल कम्युनिकेशन सिस्टम१७५६५९वेबसर्फर नेपाल कम्युनिकेशन सिस्टम१७३७३६६
७टेकमाइण्ड्स नेटवर्क प्रालि१०१५८०वाइफाइ नेपाल प्रालि११८७७८७
८सिजी कम्युनिकेसन प्रालि८२८६०टेकमाइण्ड्स नेटवर्क प्रालि११८६७८८
९वाइफाइ नेपाल प्रालि८०३७१सिजी कम्युनिकेसन प्रालि९३५३४९
१०ब्रोडलिंक नेटवर्क एन्ड कम्युनिकेशन प्रालि५३४२३ब्रोडलिंक नेटवर्क एन्ड कम्युनिकेशन प्रालि५४२३७१०

आर्थिक वर्ष २०८१/८२ को अन्तिम महिना २०८२ असारमा टप टेनमा रहेका  वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेड, डिस मिडिया नेटवर्क, भायानेट कम्युनिकेशन प्रालि, सुबिसु केबलनेट प्रालि, क्लासिक टेक प्रालि, वेबसर्फर नेपाल कम्युनिकेशन सिस्टम, टेकमाइण्ड्स नेटवर्क प्रालि, सिजी कम्युनिकेसन प्रालि, वाइफाइ नेपाल प्रालि, ब्रोडलिंक नेटवर्क एन्ड कम्युनिकेशन प्रालि सबै आर्थिक वर्ष २०८२/८३ को अन्तिम महिना २०८३ असारमा पनि टप टेनमा नै रहेका छन्।

ग्राहक सङ्ख्याका आधारमा १ २ ३ र १० नम्बरमा क्रमश: वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेड, डिस मिडिया नेटवर्क, भायानेट कम्युनिकेशन प्रालि र ब्रोडलिंक नेटवर्क एन्ड कम्युनिकेशन प्रालि रहेका छन्। अन्य ६ कम्पनी एक आपसमा तलमाथि रहेका छन्।

You May Also Like

More From Author

+ There are no comments

Add yours