भन्सार सुधार्न सात अर्ब पचास करोड ऋण

१८ असार, काठमाडौँ । भन्सार प्रशासनको आधुनिकीकरण, व्यापार प्रवर्धन र रोजगारी सिर्जनामा सहयोग पु¥याउन एसियाली विकास बैङ्क (एडिबी) ले नेपाललाई करिब सात अर्ब ५० करोड रुपियाँ (पाँच करोड अमेरिकी डलर) ऋण उपलब्ध गराउने भएको छ । नीतिमा आधारित यस्तो ऋण एडिबीले हालै स्वीकृत गरेको हो ।

‘दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग भन्सार तथा आपूर्ति व्यवस्था (लजिस्टिक्स) सुधार कार्यक्रम’ अन्तर्गतको यस ऋणले भन्सार प्रक्रियालाई अगाडि बढाउन र आपूर्ति व्यवस्था विकासका लागि सहयोग पुग्ने एडिबीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यस कार्यक्रमको कार्यान्वयनमार्फत जोखिममा आधारित जाँचपास र सरलीकृत प्रक्रियामार्फत भन्सारको आधुनिकीकरण र पर्याप्त पूर्वाधार, नियामकीय व्यवस्था र समन्वयमार्फत आपूर्ति व्यवस्थालाई बनाउने जनाइएको छ । “यस्ता सुधारहरूले व्यापारको लागत घटाउने छ, सीमापार अनुमानयोग्यता (प्रेडिक्टिबिलिटी) र आपूर्ति शृङ्खलाको दक्षतामा सुधार गर्ने छ र सामानको प्रभावकारी ओसारपसारमा सहयोग पुग्ने छ,” विज्ञप्तिमा उल्लेख छ ।

नेपालको आर्थिक रूपान्तरण र क्षेत्रीय बजारमा आबद्धताका भन्सार र आपूर्ति व्यवस्था महìवपूर्ण रहेको नेपालका लागि एडिबीका राष्ट्रिय निर्देशक आर्नो कोस्वाँले बताउनुभयो । “यो कार्यक्रमले सीमापार व्यापारलाई छिटो, थप अनुमानयोग्य र लागत–प्रभावी बनाएर व्यावसायिक वातावरणलाई बलियो बनाउने छ, प्रतिस्पर्धात्मकता बढाउने छ, लगानी आकर्षित गर्ने छ र गुणस्तरीय रोजगारी सिर्जनामा सहयोग गर्ने छ,” उहाँले भन्नुभयो ।

नेपालको सोह्रौँ योजना र निजी क्षेत्रको नेतृत्वमा हुने वृद्धिलाई प्रवर्धन गर्दै अर्थतन्त्रको विविधीकरण गर्न पनि यो कार्यक्रमले सहयोग पुग्ने विज्ञप्तिमा उल्लेख छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours