Advertisement

सङ्क्रमणकाे जोखिम मूल्याङ्कन गर्न उपत्यकाका डीसीसीएमसीको बैठक बस्दै

0 241

Advertisement

२७ भदाै, काठमाडाैँ । काेराेना सङ्क्रमणकाे जोखिम र जारी निषेधाज्ञाको मूल्याङ्कन गर्न उपत्यकाका तीन जिल्लाको जिल्ला कोभिड व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठक छुट्टाछुट्टै बस्ने भएको छ । काठमाडौं र भक्तपुर जिल्लाको आज बेलुका ३ बजे बैठक बस्दै छ भने ललितपुरको बैठक आज सम्भावना न्यून रहेको सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीले बताउनुभएको छ ।

काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जारी निषेधाज्ञाको अवस्था मूल्याङ्कनसहित असोज १ गतेबाट विद्यालय कसरी खोल्न सकिन्छ भन्ने सन्दर्भमा बैठक बस्न लागेको बताउनुभयो । जारी निषेधाज्ञामा स्वास्थ्य मापदण्डको पालना नभएको ,भीडभााड निकै बढेको अवस्थामा अब कस्तो कदम चाल्ने भन्ने सन्दर्भमा पनि छलफल गरिने उहाँको भनाई छ ।

यता भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले निषेधाज्ञामा गरेको प्रयासहरुकाे प्रभावकारिताका विषयमा ,काेरोना सङ्क्रमणको वर्तमान अवस्था र विद्यालय सञ्चालन गर्न सकिने या नसकिने भन्ने विषयमा बैठक बस्न लागेको जनाउनुभयो ।

यस्तै ललितकपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले डीसीसीएमसीको बैठक भोलि बस्न सकिने बताउनुभएको छ । आज बेलुकाका लागि समय तय भएको भए पनि उच्च अदालतको बैठक रहेको कारण आज बस्ने सम्भावना न्यून रहेको उहाँले बताउनुभयो ।

भोलि बस्ने बैठकमा मुख्यतया विद्यालय खोल्ने सन्दर्भ उठिरहेकाले स्थानीय तहको पूर्वतयारी,निषेधाज्ञाको प्रभावका विषयमा नै केन्द्रित रहेर छलफल गरीने उहाँले बताउनुभयो । विद्यालय खोल्नका लागि पूर्वतयारी पर्याप्त मात्रामा नपुगेको र बालबालिकाहरु पनि विद्यालयमा सुरक्षित भएर उपस्थित हुन सक्ने अवस्था नदेखिएकाले तत्काल विद्यालय खोल्ने सम्भावना न्यून रहेको उहाँ बताउनुहुन्छ । तर स्थानीय तहहरुको सुझावका आधारमा यसको निर्णय गरिने उहाँ बताउनुहुन्छ ।

डीसीसीएमसीको बैठक सकेर भोलि उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठक बस्ने तयारी रहेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी रिजालले बताउनुभयो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.