विशेष महाधिवेशनको पक्षमा २२ सय प्रतिनिधिले गरे हस्ताक्षर

२७ पुष, काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा २२ सय प्रतिनिधिले हस्ताक्षर गरेका छन् ।

कांग्रेस नेता तथा विशेष महाधिवेशनका अभियन्ता सुवास पोखरेलले हालसम्म २२ सय भन्दा धेरै महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेको मकालुखबरलाई जानकारी दिए ।

बिहान ९ बजेदेखि सुरु भएको दर्ता कार्य अहिलेसम्म छुट्टाछुट्टै स्टलमार्फत सञ्चालन भइरहेको छ । कांग्रेसले विभिन्न क्षेत्रका प्रतिनिधिलाई लक्षित गरी व्यवस्थित स्टलहरूको व्यवस्था गरेको छ ।

कांग्रेसमा देशभर कुल ४ हजार ७४३ महाधिवेशन प्रतिनिधि रहेका छन् ।

नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरले काठमाडौँको भृकुटीमण्डपमा आइतबार आयोजना गरेको विशेष महाधिवेशनमा सहभागीहरूकाे ड्रोनबाट देखिएको दृश्य । तस्बिरः गाेपाल दाहाल / रासस

You May Also Like

More From Author

+ There are no comments

Add yours