देशभर पश्चिमी वायुको प्रभाव, दुई प्रदेशमा पानी पर्ने

१८ पौष, काठमाडौँ । देशभर पश्चिमी वायुको प्रभाव रहेको छ । जसको प्रभावले सुदूरपश्चिम प्रदेशलगायत देशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो देशका पहाडी तथा हिमाली भूभागमा साधारण बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा हुनुको साथै देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको मौसा पुर्वानुमान महाशाखाले जनाएको छ । तराई भूभागका धेरै स्थानहरूमा बिहानीपख हुस्सु रहनेछ ।

आज राति कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । तराई भूभागका केही स्थानहरूमा हुस्सु रहनेछ ।

देशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेकोले दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य तथा सडक यातायातमा आंशिक प्रभाव पर्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours