१३ पुस, काठमाडौँ ।
१३ पुस, काठमाडौँ । आज आइतबार सुनचाँदीको भाउ वृद्धि भएको छ । यसदिन सुन र चाँदी दुवैको भाउ नयाँ उचाइमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार शुक्रबार २ लाख ६९ हजार ३०० रुपैयाँ रहेको सुनको भाउ आज आइतबार १ हजार ३०० रूपैयाँले वृद्धि भएर २ लाख ७० हजार ६०० रुपैयाँमा उक्लिएको छ ।
चाँदीको भाउ पनि तोलाको २७० रूपैयाँले बढेर ४ हजार ८३५ रुपैयाँ पुगेको छ । शुक्रबार एक तोला चाँदीको मूल्य ४ हजार ५३५ रुपैयाँ थियो ।


+ There are no comments
Add yours