नबिल बैंकले १ अर्वको मुद्धा जित्यो

०७ पुस, काठमाडौँ । नबिल बैंकले झन्डै १ अर्व रुपैयाँ बराबरको मुद्धा जिएत्को छ । बैंकले त्रिशूली थ्री–बी जलविद्युत् आयोजनाको ठेक्का रद्द भएपछि उत्पन्न काउन्टर ग्यारेन्टी विवादमा चिनियाँ अदालतमा दायर गरेको मुद्दा जितेर ७४ लाख ५० हजार अमेरिकी डलर (करिब १ अर्ब ४ करोड रुपैयाँ) फिर्ता ल्याएको हो ।

चिनियाँ निर्माण कम्पनी सुइफा एएनएचई ग्रुपले ठेक्का सम्झौता तोडेपछि चिनियाँ बैंक चाइना एभरब्राइटले काउन्टर ग्यारेन्टी भुक्तानी दिन अस्वीकार गरेको थियो, जसपछि नबिल बैंकले चीनमा मुद्दा दायर गरेको थियो । २०७४ फागुन ३० गते तीन वर्षमै आयोजना सम्पन्न गर्ने गरी सुइफासँग ठेक्का सम्झौता भएको थियो । तर २०७७ फागुनसम्म काम नसकिएपछि विभिन्न बहानामा निर्माण रोकिन गयो ।

अन्ततः २०८० मंसिर ३० गते त्रिशूली जलविद्युत् कम्पनीले ठेक्का रद्द गरी बैंक ग्यारेन्टी जफत गरेको थियो । ठेकेदार कम्पनीले चीनको अदालतबाट अन्तरिम आदेश लिएकाले चिनियाँ बैंकले भुक्तानी रोकेको थियो । पछि अन्तिम सुनुवाइ र पुनरावेदन दुवैमा नबिल बैंकको पक्षमा फैसला आएपछि दुई वर्षपछि उक्त रकम भुक्तानी भएको नबिल बैंकले जानकारी दिएको छ।

You May Also Like

More From Author

+ There are no comments

Add yours