आजको सुन–चाँदी मूल्य : घट्दो बजार

१९ मंसिर, काठमाडौँ । बिहीबारको तुलनामा आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा केही कमी आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज (शुक्रबार) छापावाला सुन प्रतितोला रु २,५२,४०० मा कारोबार भइरहेको छ। हिजो बिहीबार यो मूल्य रु २,५३,३०० थियो।

यस्तै, चाँदीको मूल्य पनि घटेको छ। आज प्रतितोला चाँदी रु ३,५५५ मा निर्धारण गरिएको छ, जबकि बिहीबार यसको मूल्य रु ३,६२५ रहेको थियो।

अन्तर्राष्ट्रिय बजारमा भने आज एक औँस सुन ४,२४० अमेरिकी डलर र एक औँस चाँदी ५८ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

सुनचाँदीको मूल्यमा आएको दैनिक उतार–चढावले लगानीकर्तासँगै उपभोक्ता पनि प्रभावित हुने गरेका छन्।

You May Also Like

More From Author

+ There are no comments

Add yours