२२ असाेज, काठमाडौँ । प्रहरीले पटाखा भित्रन नदिन जिल्लाका सीमा नाकामा निगरानी बढाएको छ । तिहारमा भारतबाट अबैधरुपमा भित्रिने पटाखाजन्य पदार्थको नियन्त्रण गर्न प्रहरीले विशेष निगरानी बढाएको हो । बढी मुनाफा पाउने भएपछि व्यापारीले विभिन्न नाकाबाट लुकाइछिपाइ पटाखा भित्राउने गरे पछि प्रहरीले त्यसलाइ निस्तेज पार्न नाकामा निगरानी बढाएको हो ।
गत असोज २० देखि २२ गते सम्म प्रहरीले सीमा नाका र आसपासका क्षेत्रमा २ लाख ६३ हजार बढीको पटाका बरामद गरेका प्रहरी उपरीक्षक सन्तोष आचार्यले बताए । ‘हामीले नाकामा पटाखाका भित्रन नदिन विशेष निगरानी बढाएका छौँ’ प्रहरी उपरीक्षक आचार्यले भने ’ खुला सीमाका कारण रोकथाममा भने चुनौती छ ।’
कारागारबाट कैदीबन्दीहरु फरार भएको र कपिलवस्तु सुरक्षाको दृष्किोणले अति संवेदनशील सूचीमा पर्ने भएकाले बिस्फोटजन्य पदार्थको ओसारपोसार, बिक्रीवितरणमा विशेष निगरानी गरिएको आचार्यले बताए ।


+ There are no comments
Add yours