मेयर बालेनको व्यंग्यः ‘फेसबुक बन्द गरे नि तनाव हुँदो रै’छ,’

२० भदाै, काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सामाजिक सञ्जाल फेसबुक बन्द गरिएपछि आफूलाई ‘तनाव’ भएको बताएका छन् ।

सरकारले दर्ता नभएका सामाजिक सञ्जालमाथि कारबाहीको प्रक्रिया अघि बढाएपछि शाहले व्यंग्यात्मक शैलीमा प्रतिक्रिया दिएका हुन् ।

शाहले शुक्रबार सामाजिक सञ्जालमै स्टाटस लेख्दै भनेका छन्, ‘फेसबुक बन्द गरेर नि तनाव हुँदो रै’छ, अब अरुले काम गरेको मात्र देख्ने भए, बोलेको नसुन्ने भए !! गाह्रो छ हामी जस्तो भाषण दिनेहरुलाई !’

उनले सरकारको सामाजिक संजाल बन्द गर्ने निर्णयप्रति असन्तुष्टि जनाएका छन् । मेयर शाह सामाजिक सञ्जाल प्रयोग गरेर आफ्ना विचार प्रकट गर्ने नेता हुन् ।

You May Also Like

More From Author

+ There are no comments

Add yours