दशैँको अवसरमा जुम्लाको गुठीचौरमा प्याराग्लाइडिङ महोत्सव

०५ असाेज, काठमाडौँ । दशैँको अवसर पारेर जुम्लाको गुठीचौर गाउँपालिकाले आज देखि प्याराग्लाइडिङ महोत्सवको आयोजना गरेको छ । गुठीचौरलाई पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले दोस्रो पटक प्याराग्लाइडिङ महोत्सव आयोजना गरिएको हो ।

गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढाका अनुसार यहाँ यसअघि प्याराग्लाइडिङको सफल परीक्षण भइसकेको छ । गुठीचौरको प्रचारप्रसार र पर्यटकीय गतिविधि बढाउन महोत्सव आयोजना गरेको उनले बताए ।

Learn moreLearn more about the primary category.↗

प्याराग्लाइडिङका लागि सेवा शुल्क गाउँपालिका भित्रका पर्यटकका लागि रु तीन हजार पाँच सय र अन्यका लागि रु चार हजार पाँच सय तोकिएको छ । सहभागीले २० देखि ३० मिनेटसम्म आकाशमा उडान भर्ने मौका पाउनेछन् ।

कर्णालीको हिमाल, हरियाली वन, गाउँघरको दृश्य र स्याउबगानलाई एकै पटक आकाशबाट हेर्ने अवसर पर्यटकलाई मिलेको छ । महोत्सवले स्थानीयस्तरमा रोजगारी समेत सिर्जना गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मायालक्ष्मी बुढाले बताइन्। महोत्सव तीन दिनसम्म सञ्चालन हुने छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours