३१ भदाै, काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई गेमर भन्दै कटाक्ष गरेका छन्।
सामाजिक सञ्जालमा लेख्दै हर्कले लुकेर बस्ने र लुकेर खेल्नेलाई गेमर भनिने बताएका हुन्। उनले यसरी लुकेर बस्नेलाई लिडर नभनिने बताए।
‘लुकेर बस्ने र लुकेर खेल्नेलाई गेमर भनिन्छ! लिडर भनिँदैन!’ हर्कले लेखेका छन्।
जेन-जी आन्दोलनपछिको सरकार गठनको प्रक्रियामा बालेन नदेखिएपछि उनको यस्तो प्रतिक्रिया आएको हो।


+ There are no comments
Add yours