Advertisement

किसानलाई कृषि उपकरण सहयोग

0 1,282

Advertisement

०४ भदाै, रुपन्देही । तिलोत्तमा नगरपालिकामा सञ्चालित व्यावसायिक आलु उत्पादन, बीज वृद्धि तथा व्यावसायिक तरकारी खेती परियोजनाले किसानलाई विभिन्न कृषि उपकरण सहयोग गरेको छ । नगरपालिका, संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) र प्रगतिशील महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको सहकार्यमा यो परियोजना सञ्चालनमा छ ।

रियोजनाले यसअघि नै किसानलाई विभिन्न कृषि उपकरण सहयोग गरेकामा पछिल्लोपटक धान काट्ने, आलु लगाउने, च्याउ बनाउने मेसिन सहयोग गरेको हो । किसानलाई व्यावसायिक कृषितर्फ आकर्षित गराउन विभिन्न कृषि उपकरण सहयोग गरिएको परियोजनाले जनाएको छ ।

पछिल्लोपटक परियोजनाले वडा नं ११ स्थित लालीगुराँस च्याउ उत्पादक कृषक समूह, वडा नं १२ स्थित बुद्धभूमि तरकारी उत्पादक कृषक समूह र वडा नं १० स्थित सेमराबजार आलु उत्पादक कृषक समूहलाई विभिन्न कृषि उपकरण सहयोग गरेको हो । लालीगुराँसलाई च्याउ बनाउने स्टिमर र बलमेकर मेसिन, बुद्धभूमिलाई धान काट्ने मेसिन र सेमराबजारलाई आलु लगाउने डिगर मेसिन सहयोग गरिएको परियोजनाले जनाएको छ ।

किसान समूहलाई कृषि सामग्री हस्तान्तरण गर्दै नगरप्रमुख वासुदेव घिमिरेले कृषिको आधुनिकीकरणका लागि यान्त्रिकीकरण अपरिहार्य रहेकाले परियोजनाअन्तर्गत किसानलाई विभिन्न कृषि उपकरण सहयोग गरिएको बताउनुभयो ।

कोरोना महामारीले आर्थिक क्षेत्रमा पारेको प्रभाव न्यूनीकरण गर्न सो नगरपालिकामा गत वर्षदेखि व्यावसायिक आलु उत्पादन, बीउ वृद्धि तथा व्यावसायिक तरकारी खेती परियोजना सुरु गरिएको हो । परियोजनाअन्तर्गत गत वर्ष झण्डै ६५ बिघामा बीउ वृद्धिका लागि आलुखेती गरिएको थियो । उत्पादित आलु यस वर्ष बीउका रूपमा प्रयोग गर्ने गरी शीतभण्डारमा राखिएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.