कपिलवस्तुमा शंकास्पद वस्तु भेटियो

१७ भदौ, कपिलवस्तु । कपिलवस्तुको यशोधरा गाउँपालिका वडा नं १ रङ्गपुरतर्फ जाने जमुवार खोला पुलमा मंगलबार बिहान शंकास्पद वस्तु फेला परेको छ।

पुलमाथि रातो कपडाले बेरिएको अवस्थामा शंकास्पद वस्तु देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

प्रहरीको टोली घटनास्थलमा पुगिसकेको छ भने नेपाली सेनाको टोली समेत त्यहाँ केही बेरमा पुग्ने प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहले जानकारी दिए।

You May Also Like

More From Author

+ There are no comments

Add yours