०९ भदाै, काठमाडौँ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले ठूलो संख्यामा कर्मचारी माग गरेको छ ।
कम्पनीले सोमबार सूचना जारी गर्दै पाँच प्रदेश, काठमाडौं उपत्यका, बनेपा र चितवन रिजनमा विभिन्न पदमा कर्मचारी माग गरेको हो ।
कम्पनीले देशका विभिन्न स्थानमा रहेका ब्रान्चहरुमा ब्रान्च म्यानेजर र मार्केटिङ एक्सक्युटिभ पदमा योग्य कर्मचारी माग गरेको छ ।
कम्पनीका अनुसार ब्रान्च म्यानेजर पदमा आवेदन दिनको लागि स्नातक तह उत्तिर्ण गरेको र बीमा क्षेत्रमा तीन वर्ष काम गरेको अनुभवको आवश्यकता पर्दछ ।
इच्छुक उम्मेद्वारले कम्पनीको आधिकारीक इमेलमा भदौ १५ गतेभित्र आवेदन दिनुपर्ने कम्पनीले जनाएको छ ।


+ There are no comments
Add yours