राजेन्द्र तिवारी
०८ भदौ, काठमाडौं । “पानी जस्तै न थिएँ”
पानी जस्तै न थिएँ-
धेरै थोक दिन सक्थेँ म
किनभने
धेरै थोक हुनसक्थेँ।
घडामा राख्थ्यौ त जम्ने थिएँ
या
थोपा बनेर
तप्किनेथिएँ आँखाको डिलमाथि
या त बग्नेथिएँ
निथारेर शोकहरु
सँगेट्न खोज्यौ र
अञ्जुली फैलाएर?
समेट्नुपर्थ्यो.. चुक्यौ
र छोडिदियौ
अब त
फगत बगिरहेँछु
कतै अनिश्चय बोकेर।
🙂


+ There are no comments
Add yours