Advertisement

एक हजार ७९३ जनामा सङ्क्रमण पुष्टि, सङ्क्रमित ३३ जनाको मृत्यु

0 1,041

Advertisement

३१ साउन, काठमाडाैँ । पछिल्लो २४ घण्टामा एक हजार ७९३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको अाठहजार ८८ आरटी पीसीआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

यस्तै, चार हजार १८ जनामा गरिएको एन्टिजेन परीक्षणमा ४१९ जनामा सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा एक हजार ८६७ जना कोरोना सङ्क्रमित निको भएका छन् भने सङ्क्रमणका कारण ३३ जनाको मृत्यु भएको छ । योसँगै दश हजार २९२ जनाको मृत्यु भइसकेको छ । अहिलेसम्म ९३.२३ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा ७० हजार ७७० जनाले खाेप लगाएका छन् । नेपालमा अहिले ३९ हजार २९८ जना सक्रिय सङ्क्रमित छन् । जसमा ८५८ जना सघन कक्षमा र १९३ जना भेन्टिलेटरमा रहेर उपचार गराइरहनुभएकाे छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.