नाइमा अटो एक्स्पोमा टीभीएसकाे प्रिमियम कन्सेप्ट बाइकको नयाँ सिरिज सार्वजनिक

२३ साउन, काठमाडाैं । बुधबारबाट सुरु भएकाे ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’मा टिभीएसले नेपाली बजारका लागि निकै प्रतिक्षित प्रिमियम कनसेप्ट मोटरसाइकलहरू, आईसीइ इन्जिन तथा इलेक्ट्रिक स्कुटरहरूको नयाँ सिरिज सार्वजनिक गरेकाे छ ।

टिभिएसको स्टल एल३ए (हल वि) मा प्रस्तुत गरिने नयाँ मोडेलहरूमा रोनिन, स्पोर्टी एनतोर्क, स्मार्ट इलेक्ट्रिक स्कुटर आईक्युब, र विश्वासिलो जुपिटर लागेतका २–व्हीलर सवारीहरु रहेका छन् ।

साथै, ब्रान्डको इनोभेसनप्रतिको प्रतिबद्धता झल्काउने कस्टम बाइक तथा फ्यूचरिस्टिक कनसेप्ट बाइकहरू पनि पहिलोपटक सार्वजनिक गरेकाे छ ।

टिभिएसको स्टलमा आउने सबैलाई रमाइलो अनुभव मिल्नेछ, दैनिक लक्की ड्रबाट आकर्षक उपहार जित्ने मौका, रेजिस्ट्रेसन गर्ने हरेक दिन सहभागीहरूलाई टिभिएस प्रिमियम हेल्मेट, र अन्ततः ग्राहकहरूको विश्वास जित्ने सबै टिभिएस प्रडक्टहरुमा लाइफटाइम वारेन्टी जस्ता विशेष योजनाहरू यस वर्षको मुख्य आकर्षण हुनेछन् ।

You May Also Like

More From Author

+ There are no comments

Add yours