एकतर्फी खुल्यो स्याफ्रुबेशी–रसुवागढी सडक

०४ साउन, काठमाडौं । रसुवा बाढीका कारण १३ दिनदेखि अवरुद्ध स्याफ्रुबेशी–रसुवागढी सडक एकतर्फी सञ्चालनमा आएको छ ।

सडक विभागका अनुसार गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेशी–रसुवागढी सडक योजना अन्तर्गत रसुवागढी, टिमुरे, कुलुङमा सडक अवरुद्ध थियो । यहाँ आइतबारदेखि एकतर्फी सडक सुचारु भएको हो ।

विभागका अनुसार आइतबार साँझसम्म पूर्णतया अवरुद्ध सडक खण्ड ६ वटा छन् । यसमध्ये उत्तर–दक्षिण कोशी सडक आयोजना (कोशी राजमार्ग) अन्तर्गत संखुवासभा बरुण क्षेत्रमा सडक अवरुद्ध छ । मेची राजमार्गको पाँचथरमा पर्ने हेवाखोलामा पनि सडक अवरुद्ध छ ।

त्यसैगरी तानसेन–रिडी–कोरला खण्डको मुस्ताङमा सडक अवरुद्ध छ । सहिदमार्ग अन्तर्गत रोल्पामा सडक अवरुद्ध रहेको सडक विभागले जनाएको छ । इलाम–माइपोखरी–सन्दकपुर खण्डको इलाममा पनि सडक अवरुद्ध रहेको देखिएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours