Advertisement

गौतमबुद्ध विमानस्थलमा चल्ने ट्याक्सीलाई क्युआर कोड, पाल्पा पनि डिजिटल बन्दै

0 404

Advertisement

२३ फागुन, काठमाडौं । भैरहवामा निर्माण भई अन्तर्राष्ट्रिय उडान सञ्चालनको तयारीमा रहेको गौतमबुद्ध विमानस्थलबाट चल्ने भाडाका ट्याक्सीमा पनि क्युआर कोडबाट भुक्तानी प्रणाली सुरु भएको छ ।

सनराइज बैंक लिमिटेडद्वारा प्रदान गरिएको क्युआर कोड प्रणालीको नेपाल राष्ट्र बैंक सिद्धार्थनगर कार्यालयका निर्देशक सुदीप फुयाँलले सोमबार शुभारम्भ गरे ।

कार्यक्रममा निर्देशक फुयाँलले नेपालमा डिजिटल बैंकिङ प्रणालीको आवश्यकता औँल्याए । लुम्बिनी प्रदेशमा क्युआर कोड विस्तार अभियानमा नेपाल राष्ट्र बैंक लागेको बताउँदै उनले यसलाई सफल बनाउन सबैलाई आग्रह गरे ।

विमानस्थलबाट चल्ने ट्याक्सीमा क्युआर कोड भुक्तानी प्रणालीको प्रयोगले यात्रु तथा ट्याक्सीलाई अझ सुरक्षित बनाउने र ट्याक्सीको विश्वसनीयता पनि बढ्ने उनले बताए ।

कार्यक्रममा गौतमबुद्ध विमानस्थल आयोजनाका प्रमुख प्रवेश अधिकारीले नेपालमा डिजिटल भुक्तानी प्रणाली अभियान सुरु गरेकोमा नेपाल राष्ट्र बैंकलाई धन्यवाद दिए । निकट भविष्यमा अन्तर्राष्ट्रिय उडान सञ्चालन हुने भएकाले विमानस्थललाई प्रविधियुक्त बनाउन जरुरी रहेको बताउँदै उनले क्युआर कोडलागायत डिजिटल बैंकिङ प्रणाली विस्तार गर्न विमानस्थलले सहयोग गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा सनराइज बैंकका प्रदेश प्रमुख सुनिल मण्डलले क्युआर कोड विस्तारमा देखिएका चुनौतीलाई सहजीकरण गरिदिन राष्ट्र बैंकलाई आग्रह गरे । उनले लुम्बिनी प्रदेशका जिल्लाहरूमा क्युआर कोड भुक्तानी प्रणाली विस्तारका लागि सनराइज बैंक सक्रियताका साथ लागिरहेको बताए ।
शुभारम्भ कार्यक्रममा गौतमबुद्ध विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारी, सनराइज बैंक लुम्बिनी प्रदेश प्रबन्धक सुनिल मण्डल, नेपाल राष्ट्र बैंक सिद्धार्थनगर कार्यालयका सहायक निर्देशक रमेशकुमार न्यौपाने, ट्याक्सी व्यवसायी, सनराइज बैंकका कर्मचारीलगायतको उपस्थिति थियो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.