कुलिङ पिरियडमा गडबडी भएकोबारे छानबिनको पक्षमा सभामुख

१७ असार, काठमाडौं । कुलिङ पिरियडको प्रावधान राख्ने गरी पारित भएको निजामती विधेयकमा अन्यथा अर्थ लाग्ने गरी शब्द थप भएको विषयमा सभामुख देवराज घिमिरे छानबिनको पक्षमा उभिएका छन् ।

मंगलबार सिंहदरबारमा भएको विभिन्न दलका नेताहरूसँगको छलफलमा सभामुख घिमिरेले यसलाई गम्भीर त्रुटि भनेका हुन् ।

सभामुखको प्रेस सल्लाहकारमा शेखर अधिकारीका अनुसार सभामुख घिमिरेले भनका छन्, ‘यो विषय गम्भीर हो । यो सामान्य विषय होइन, यो सच्याउने मात्रै होइन, गम्भीर छानबिनको विषय हो । यसको कुन प्रोसेसमा पुगेर कुन ठाउँमा पुगेर त्रुटी भएको हो त्यो खोज्छौं ।’

तर, कसरी टुंग्याउने भनेर तय भएको छैन । यो विषयमा सभामुख घिमिरे संसद सचिवालयका महासचिव, सचिव लगायतसँग छलफलमा रहेका छन् ।

You May Also Like

More From Author

+ There are no comments

Add yours