Advertisement

बिपीको ३९औँ स्मृति दिवसमा वृक्षरोपण

0 188

Advertisement

०६ साउन, भादगाउँ । नेपाली कांग्रेस भक्तपुरका नेता तथा जिल्ला सभापति दुर्लभ थापाले बिपीले अङ्गिकार गरेको राजनीतिक, सामाजिक र साहित्यिक सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक रहेको बताउनुभएको छ ।

उन्नचालिस बिपी स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस भक्तपुरद्वारा आज पार्टी कार्यालयमा आयोजित बिपीको तस्बिरमा माल्यार्पण तथा वृक्षरोपण कार्यक्रममा उहाँले बिपीले सधै आफूभन्दा माथि देश र जनतालाई राखेको स्मरण गराउँदै बिपीको राष्ट्रिय मेलमिलापको नीति आजको सन्दर्भमा अझ बढी सान्दर्भिक भएकाले यसलाई सबैले अनुशरण गर्नुपर्ने आवश्यकतामाथि जोड दिनुभयो ।

अध्यक्ष थापाले बदलिँदो परिस्थितिमा नेपालको संविधान, लोकतन्त्र, मुलुकको अस्मिताको रक्षा गर्ने दायित्व र जिम्मेवारी नेपाली कांग्रेसको काँधमा आइपरेको बताउँदै कम्युनिष्टको घर झगडाले लथालिङ्ग अवस्थामा पुगेको नेपालको राजनीति र जबरर्जस्ती भत्काउन खोजिएको संविधानलाई सही ट्र्याकमा हिँडाउने नेतृत्व कांग्रेसले लिएको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो,“यो कांग्रेसको रहर भन्दा पनि परिस्थितिजन्य उपज हो । कम्युनिष्टले जनादेश बमोजिम काम गर्न सकेन ।” उहाँले कोभिड–१९ को माहामारीबाट जनताको जनधनको रक्षा गर्ने प्रमुख प्राथमिकता सरकारको हुनुपर्नेमा जोड दिँदैं पहिला जनता अनि विकासको मान्यता लिएर सरकार हिँड्नुपर्छ । कोरोना विरुद्धको खोपलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ भन्नुभयो ।

उहाँले आसन्न पार्टीको १४औँ महाधिवेशनको सन्दर्भमा जिल्लामा सौहार्दपूर्ण र स्वच्छ प्रतिस्पर्धा गरेर अघि बढ्न सबैलाई आग्रह गर्नुभयो ।

कार्यक्रम संयोजक एवं पार्टीका उपसभापति हरिप्रसाद नेपाल र भक्तपुर क्षेत्र नं १ का कांग्रेस सभापति जीवन खत्रीले बिपीको समाजवादी चिन्तनलाई सबैले अङ्गिकार गर्न सके सबै नेपाली सुखी र खुशी हुने बताउनुभयो । कार्यक्रममा नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य रमा ढकाल, केन्द्रीय नीति तथा प्रशिक्षण विभागका सदस्य सुरेन्द्र केसी, वाग्मती प्रदेशसभा सदस्यद्वय कृष्णलाल भँडेल र रजनी जोन्छें, पूर्वजिल्ला सभापति गणेशमान चक्रधर, महेश श्रेष्ठलगायत नेता तथा कार्यकर्ताको सहभागिता थियो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.