Advertisement

जेफ बेजोसको अन्तरिक्ष उडान !

0 483

Advertisement

०६ श्रावण, काठमाडौं । अन्तरिक्षमा हिजो फेरि एउटा नयाँ इतिहास रचियो । अमेजनका संस्थापक जेफ बेजोसको कम्पनी ब्लु ओरिजिनको टुरिज्म रकेट न्यु सेपर्ड हिजो साँझ पौने ७ बजे चारजना मानिसलाई लिएर अन्तरिक्षको यात्रामा गयो अनि केही समयपछि सकुशल पृथ्वीमा फर्कियो ।

अन्तरिक्षको यो यात्रामा जेफ बेजोस, उनका भाई मार्क, नेदरल्यान्डका १८ वर्षीय ओलिवर डेमनका साथ विमानसम्बन्धी क्षेत्रसँग जोडिएकी ८२ वर्षीया वेली फंक सहभागी थिए ।

नेदरल्यान्डका ओलिवर डेमन पैसा दिएर अन्तरिक्षको भ्रमण गर्ने पहिलो ग्राहक भएका छन । डेमनले त्यसका लागि कति खर्च गरे गोप्य राखिएको छ । डेमन अन्तरिक्ष भ्रमणमा जाने सबैभन्दा युवा व्यक्ति पनि हुन् । यात्राअघि जारफ एक भिडियोमा डेमनले भनेका थिए, ‘म शून्य गुरुत्वाकर्षणको अनुभव गर्न र अन्तरिक्षबाट पृथ्वीलाई हेर्न निक‌ै उत्साही छु ।’

यात्राका लागि ब्लु ओरिजिनको न्यु सेपर्ड रकेटले वेस्ट टेक्सासबाट उडान भरेको थियो । यसको नौ दिनपहिले वर्जिन गलेक्टिकका रिचर्ड ब्रेनसनले अन्तरिक्षको पहिलो व्यावसायिक यात्रा गरिसकेका छन् ।

कस्तो छ न्यु सेपर्ड रकेट ?

– पाँचतले न्यु सेपर्ड रकेटमा एकसाथ ६ जनाले अन्तरिक्षको उडान भर्न सक्छन् ।

– यो रकेट लगभग ३ लाख ४० हजार फिट माथिसम्म पुग्न सक्छ ।

– यात्रुले यो रकेटको उडानका क्रममा केही मिनेट माइक्रोग्रेभिटीमा भारहीनताको अनुभव गर्न सक्छन् ।

– यो रकेटमा बसेर अत्यधिक उचाइबाट पृथ्वीलाई हेर्न सकिन्छ ।

– न्यु सेफर्ड रकेट तथा क्याप्सुलको नाम सन् साठीको दशकका अन्तरिक्षविज्ञ एलन सेफर्डको नाममा राखिएको हो ।

– एलन सेफर्ड अन्तरिक्षमा पुग्ने पहिलो अमेरिकी नागरिक हुन् ।

– यो रकेटमा ६ जना बस्न मिल्ने भए पनि मंगलबार चार यात्री मात्र सामेल थिए ।

– यो रकेटलाई पाइलट चाहिँदैन किनभने यो पूर्ण अटोमेटिक हुन्छ । जमिनमा भएको एक मास्टर कन्ट्रोल सेन्टरले नै यसलाई नियन्त्रण गर्छ ।
एजेन्सीहरूकाे सहयोगमा



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.