बङ्गलादेशमा राजनीतिक प्रदर्शनले दैनिक जीवन अस्तव्यस्त

१५ जेठ, ढाका बङ्गलादेशको राजधानी ढाकामा गत वर्ष भएको विद्रोहपछि सत्ता सम्हालेको समूह र वर्तमान् सरकारविरूद्ध आन्दोलनरत समूहहरूका कारण यहाँको दैनिक जनजीवन अस्तव्यस्त बनेको छ ।

सन् २०२४ को अगष्टमा पूर्वप्रधानमन्त्री शेख हसिनालाई सत्ताच्यूत गरिएदेखि नै करिब १७ करोड जनसङ्ख्या रहेको दक्षिण एसियाली राष्ट्र बङ्गलादेशमा राजनीतिक उथलपुथल देखिएको छ ।

हसिनाको १५ वर्ष लामो अधिनायकवादी शासनविरूद्धमा जबसम्म विद्यार्थी नेतृत्वको आन्दोलनले विद्रोहको नेतृत्व गरेन र उनलाई सत्ताबाट हटाएन तत्कालिन प्रशासनले विपक्षीका आवाजहरूलाई दबाएरै राख्यो ।

दुई करोडभन्दा बढी जनसङ्ख्या रहेको ढाकामा बुधबार विभिन्न समूहका गरी कम्तीमा आधा दर्जन प्रदर्शन भएका थिए । यो एक सामान्य दिन थियो, राजनीतिक रयाली र प्रतिरोधमा भएका प्रदर्शन, मजदुर हडताल र एक इस्लामी नेताको मृत्युदण्डबाट रिहाईको उत्सवसहितका प्रदर्शनहरू ढाकाका विभिन्न भागमा एकै दिनमा भएका छन् ।

‘चौध वर्षसम्म जेलमा बसेपछि आज बिहान रिहा भएँ,’ देशको प्रमुख इस्लामिक पार्टी जमात–ए–इस्लामीका हजारौं समर्थकलाई हात हल्लाउँदै एटीएम अजहरूल इस्लामले भने ।

सर्वोच्च अदालतले मृत्युदण्डको सजाय उल्टाएर युद्ध अपराधबाट सफाइ दिएको एक दिनपछि वरिष्ठ नेतालाई मध्य ढाकास्थित कारागारबाट रिहा गरिएपछि खचाखच भरिएको भीडले जयजयकार गरेको थियो।

उनले भने, ‘विगतमा अदालतमा राजनीतिक प्रभाव थियो हामी आशा गर्दछौँ, अदालतले आगामी दिनमा जनताले न्याय पाऊन् भन्ने सुनिश्चित गर्नेछ,’ इस्लामले भने । वामपन्थी पार्टीहरुले उनको रिहाइको विरोधमा प्रदर्शन गर्ने बताएका छन् । नयाँ पल्टननजिकै रहेको रम्ना पार्कमा बङ्गलादेश नेसनल पार्टी (बीएनपी) को समर्थनमा निकालिएको ¥यालीमा हजारौँले सडक जाम गरेका थिए ।

अन्तरिम सरकारले सन् २०२६ को जुन महिनाभित्र निर्वाचन गर्ने प्रतिबद्धता व्यक्त गरेको निर्वाचनको तयारीमा राजनीतिक दल जुटेका छन् ।

दशौँ हजार मानिसहरू आफ्ना मागहरू लिएर दैनिक ढाकाका प्रमुख चोकहरूमा भेला हुन्छन् भने सर्वसाधारण ट्राफिक जामले भरिएका सडकहरूमा घन्टौँ लगाएर यात्रा गर्न बाध्य छन् ।

कुखुरा व्यापारी जकिर हुसेनले बुधबार भने, ‘दिनको समयमा सबै मुख्य सडकहरू अवरुद्ध हुन्छन्।’ ‘हामीले आफ्नो तालिका परिवर्तन गर्नुपरेको छ। म अहिले मध्यरातमा काम सुरु गर्छु, यद्यपि कानून र व्यवस्थाको स्थिति हरेक दिन बिग्रँदै गइरहेको छ । र लुटपाटहरू सामान्य भइसकेका छन्’ उनले भने ।

गत वर्ष हसिनालाई सत्ताच्युत गर्ने विरोध प्रदर्शनलाई दबाउन प्रहरीले प्रयास गर्दा र असफल हुँदा भएको हिंसालाई सम्झेर यसले धेरैलाई चिन्तित बनाएको छ। ‘स्थिति अकल्पनीय छ, कुनै पनि बेला विरोध प्रदर्शनले हिंसात्मक रूप लिन सक्छ,’ ४३ वर्षीया एक गृहिणीले आफ्नो पति सरकारी कर्मचारी भएकाले नाम नबताउने शर्तमा भनिन् ।

उनले भनिन्, ‘म कहिले पनि मेरो पतिलाई धेरै फोन गर्दिनथें, तर अहिले म फोन गर्छु। अफिसबाट घर आउन अलि ढिला भयो भने मेरो दिमागमा सबै खाले नराम्रा विचार आउँछन्।’

बङ्गलादेशका अन्तरिम नेता तथा नोबेल शान्ति पुरस्कार विजेता ८४ वर्षीय मोहम्मद युनुसले निर्वाचन नहुञ्जेलका लागि कामचलाउ सरकारको प्रमुख सल्लाहकारका रुपमा नेतृत्व गरिरहेका छन् ।

सरकारले शनिबार ‘अनुचित माग’ र अवरोधले आफ्नो काममा निरन्तर अवरोध पुर्याइरहेको चेतावनी दिएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours