१ करोड २८ लाख किलोभन्दा बढी कोदो आयात

१४ जेठ, काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को १० महिना (साउन–वैशाख) सम्ममा ६४ करोड ३५ लाख रुपैयाँभन्दा बढीको कोदो आयात भएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार उक्त अवधिमा ६४ करोड ३५ लाख २८ हजार रुपैयाँ बराबरको को १ करोड २८ लाख ६० हजार २ सय ७१ किलो कोदो आयात भएको हो । उक्त परिमाणमा कोदो आयात हुँदा सरकारले ४ करोड ८३ लाख ३८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

आयातित कोदोमध्ये २ लाख २३ हजार रुपैयाँको ४० हजार ७० किलो बीउ कोदो छ । बीउ कोदोबाहेक ६४ करोड ३३ लाख ५ हजार रुपैयाँको १ करोड २८ लाख ५६ हजार २ सय १ किलो कोदो आयात भएको छ ।

यस्तै गत आव २०८०/८१ को १० महिनामा ६१ करोड ८३ लाख १६ हजार रुपैयाँको १ करोड २५ लाख ४१ हजार १ सय ७ किलो कोदो आयात भएको थियो । उक्त कोदो आयात हुँदा सरकारले ४ करोड ७९ लाख २० हजार रुपैयाँ राजस्व संकलन गरेको थियो ।

अघिल्लो वर्षको तुलनामा यो वर्ष कोदो आयात वृद्धि भएको देखिन्छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours