०५ जेठ, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रियसूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलसहित पाँच जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अख्तियारले आर्थिक वर्ष ०७५\०७६ को खरिद प्रक्रियामा भ्रष्टाचार गरेको आरोपमा मुद्धा दायर गरेकोे हो ।
आयोगले पौडेलसहित पाँच जनाले गैरकानुनी लाभ तथा हानी पु¥याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र सोमबार विशेष अदालतमा दायर गरेको हो ।
अख्तियारले दायर गरेको मुद्दामा राष्ट्रिय सूचना प्रविधि केन्द्रको एनआईटीसी\जीएनसीबी–६–०७५\०७६ शीर्षकको खरिदमा २६ करोड २९ लाख ५३ हजार ३३५ रुपैयाँ लागत अनुमान तयार गरी पेस भएको बोलपत्रमा म्याक्स इन्टरनेशनलले ०७६ असार ४ गते पेस गरेको बिलअनुसार केन्द्रबाट ‘ट्रेनिङ एण्ड वान टाइम इन्स्टलेसन एण्ड कन्फिगरेसन एट जीआईडीसी एण्ड डीआरसी’ शीर्षकको भ्याटबाहेकको २ करोड ६५ लाख र अनसाइट सपोर्ट शीर्षकको भ्याटबाहेकको ३ करोड १४ लाख रुपैयाँ भुक्तानी लिएको उल्लेख छ ।


+ There are no comments
Add yours