जगदगुरु रामानुजाचार्य जयन्ती!

१९ बैशाख, काठमाडौं । मिति २०८२ बैशाख १९ गते शुक्रबार वैशाखशुक्ल पंचमी तिथी अपरान्ह: २ / ५१ बजेसम्म त्यस उप्रान्त षष्ठी तिथी आरम्भ आर्द्रा नक्षत्र जगदगुरु श्रीरामानुज स्वामी महाराजको जयन्ती उत्सव भएकोले हामीहरुले उहाँको बारेमा बुझ्नु जरुरि छ।रामानुजाचार्य विशिष्टाद्वैत वेदान्तका प्रवर्तक हुनुहुन्थ्यो ।उहाँ श्रीवैष्णव हुनुहुन्थो।उहाँको भक्ति परम्परामा धेरै प्रभाव रहेकोछ।वैष्णव आचार्यहरूमा प्रमुख रामानुजाचार्यको शिष्य परम्परामा नै रामानन्द भएका हुन् जसका शिष्य सन्त कबीर र सूरदास थिए।तद्अतिरिक्त कुलशेखर आलवार रामानुजका एक महत्व पूर्ण शिष्य थिए ।रामानुजले वेदान्त दर्शनमा आधारित आफ्नो नयाँ दर्शन विशिष्टा द्वैत वेदान्त लेख्नु भएको थियो।रामानुजाचार्यले वेदान्तको अतिरिक्त सातौं – दशौं शताब्दीका रहस्यवादी एवं भक्तिमार्गी आलवार सन्तसित भक्तिको दर्शनलाई तथा नारादीय पन्चरात्र परम्परालाई आफ्ना आधार बनाउनु भएको थियो।
ई.सन् . १०१७ औ बर्षमा दक्षिण भारतको तमिल नाडु राज्यको पेरम्बदुरू भन्ने ठाउँको तिरुकुदुरु भन्ने गाँउमा उहाँको जन्म भएको थियो।विशिष्टाद्वैत वेदान्तका प्रवर्तक तथा हिन्दू धर्म अन्तर्गत श्रीसम्प्रदायका आचार्य हुनुहन्थ्यो।उहाँको भक्तिमा परम्पराको धेरै प्रभाव रहेको छ ।उहाँ वेदान्त दर्शनमा आधारित विशिष्टाद्वैतका प्रवर्तक हो। उपनिषद, भगवदगीता र ब्रह्मसूत्रको आदि शंकराचार्यको अद्वैतपरक व्याख्यालाई प्रतिपादको रूपमा रामानुजले विशिष्टाद्वैतको प्रतिपादन गर्नु भएको थियो।उहाँको समयमा जैन धर्म र बौद्ध धर्मको प्रचारको कारण वैष्णव सम्प्रदाय सङ्कटग्रस्त अवस्थामा रहेको थियो।रामानुजले त्यो सङ्कट सफलतापूर्वक प्रतिकार गर्नु भयो।साथै उहाँले शंकराचार्यको अद्वैत मतलाई खण्डन गरेर आफ्नो मतको प्रवर्तनको लागि अनेक ग्रन्थहरूको रचना गर्नु भएको थियो।वैष्णव आचार्यहरूमा प्रमुख रामानुजाचार्यका कुरेश आदि प्रमुख पाँच शिष्य थिए ।त्यस्तै अन्य प्रसिद्ध रामानन्द पनि रामनुजाचार्यको शिष्य परम्परामा थिए ।यस्तै रामानन्दको शिष्य परम्परामा भने स्वामी नारायण भएका थिए ।रामानुजले वेदान्त दर्शनमा आधारित आफ्नो नयाँ दर्शन विशिष्टा द्वैत वेदान्त लेख्नु भएको थियो।रामानुजाचार्यले वेदान्त वाहेक सातौँ – दशौँ शताब्दीका रहस्यवादी र भक्तिमार्गी आलवार सन्तसित भक्तिको दर्शनलाई तथा दक्षिणको पञ्चरात्र परम्परालाई आफ्ना विचारको आधार बनाउनु भएको हो।रामानुजाचार्यले मोक्षको लागि जुन मन्त्र सार्वजनिक गर्न निषेध गरिने परम्परा थियो त्यसलाई उहाँले एक सभा बोलाएर जातपात धनी गरीब सबैको लागि उच्चारित गरिदिनु भएको थियो।उहाँले भनेका मन्त्रले कष्टनाश हुन्छ त्यो कुनै एकको लागि होइन यो सबैको अधिकार हो ।रामानुजाचार्य धेरै परोपकारी सन्त हुनुहुन्थ्यो।रामानुजले बाल्य कालको शिक्षा काञ्चीपुरममा प्रकाशराज नामक प्रखर विद्वान् वैदिक गुरुद्वारा वैदिक शिक्षा प्राप्त गर्नुभएको थियो ।पछि उहाँ आलवन्दार् यामुनाचार्यको मुख्य शिष्य हुनुभयो ।रामानुजले गुरुको इच्छा अनुसार ब्रह्मसूत्र,विष्णुसहस्रनाम, र दिव्यप्रबन्धको टिपण्णी (व्याख्या) गर्ने संकल्प लिनुभएको थियो। हिन्दू धर्मको क्रम अनुसार उहाँले गृहस्थ आश्रम त्यागेर श्रीरङ्गममा रहेका यतिराज नामक सन्यासी सँग सन्यास आश्रमको दिक्षा प्राप्त गरी उहाँ सन्यासी हुनुभएको थियो।अतः उहाँको नाम यतिराज पनि रहन गयो ।उहाँले मैसूर नामक स्थान रहेको श्रीरंगम छोडेर शालिग्राम नाम गरेको ठाउमा गएर त्यस स्थानमा १२ बर्ष सम श्रीसम्प्रदायको प्रचार गर्नुभएको थियो ।त्यस पछि उहाँले बैष्णव धर्मको प्रचारको लागि समग्र भारत हुदै नेपालको मुक्ति नाथ सम्म आउनु भएको थियो।सन् ११३७ मा १२० वर्षको आयु प्राप्त गरि उहाँ ब्रह्मलीन हुनुभयो ।उहाँले धेरै ग्रन्थको रचना गर्नुभएको छ भने ब्रह्मसूत्र माथि लेखिएका दुई मुख्य ग्रन्थ श्रीभाष्यम र वेदान्त संग्रह निकै लोक प्रिय छन् ।रामानुजाचार्यको दर्शनमा सत्ता अथवा परमसत् को सम्बन्धमा तीन स्तर मानिएको छ । ब्रह्म अर्थात् ईश्वर, चित् अर्थात् तत्व र अचित् अर्थात् प्रकृति तत्व। वस्तुतः यी चित् अर्थात् आत्म तत्त्व तथा अचित् अर्थात् प्रकृति तत्त्व ब्रह्म अथवा ईश्वरदेखि भिन्न होइन । वस्तुत यी विशिष्ट रूपले ब्रह्म (ईश्वर)को नै दुई स्वरूप हो यस्तै ब्रह्म अथवा ईश्वमा नै आधारित छ । वस्तुत : यो नै रामनुजाचार्यको विशिष्टाद्वैतको सिद्धान्त हो !
रामानुजको अनुसार भक्तिको अर्थ पूजा-पाठ अथवा कीर्तन-भजन र ध्यान गर्नु अथवा ईश्वरको प्रार्थना गर्नु हो ।सामाजिक परिप्रेक्ष्यदेखि रामानुजाचार्यले भक्तिलाई जाति एवं वर्गदेखि अलग तथा सबैलाई सम्भव बनाउनु भएको छ।उहाँको बर्णन जति गरे पनि अपुरो नै रहन्छ।अन्त्यमा उहाँले देखाउनु भएको मार्गमा हामीहरु हिड्न सके अवस्य मोक्ष मिल्नेछ।
उहाँको अन्तिम उपदेश
सदैव यस्ता भक्तहरूको संगत गर जसको चित्त भगवान्को श्रीचरणमा लगेको होस र आफ्नो गुरुको समान तिनिहरूको सेवा गर ।
सदैव वेदादि शास्त्रहरूको एवं महान वैष्णवहरूलाई शब्दहरूमा पूर्ण विश्वास राख ।
काम, क्रोध एवं लोभ जस्ता शत्रुहरूदेखी सदैव सावधान रहनु , आफ्नो इन्द्रियहरूको दास न बन ।
भगवान् श्रीनारायणको पूजा गर एवं हरिनामलाई एकमात्र आश्रय सम्झेर त्यसमा आनन्द अनुभव गर ।
भगवान्का भक्तहरूको निष्ठापूर्वक सेवा गर किन भने परम भक्तहरूको सेवादेखि सर्वोच्च कृपाको लाभ अवश्य र अतिशीघ्र मिल्छ।
म अज्ञानमोहित मानिसहरूलाई नारायणको चरणकमलको अमृतवर्षा र शरणागतिमा लगाए सर्वदा निर्विशेषवाददेखि रक्षा गर्छु ।
म मानिसको रक्षाकोलागी समस्त अर्थ संग्रह गरेर मंगलमय परम तत्वज्ञान प्रतिपादक श्रीभाष्यको रचना गर्छु ।
जून पराशर मुनिले मानिसहरू प्रति दयावश जीव, ईश्वर, जगत, उनका स्वाभाव तथा उन्नतिको उपाय स्पष्ट रूपले समझाउदै विष्णु-पुराणको रचना गरे, त्यो ऋण शोधन गर्नकोलागी म कुनै दक्ष एवं महान भक्त शिष्यलाई उनको नाम दिनेछु।
पं- बालमुकुन्द देबकोटा
सदस्,सनातन विद्वत्
परिषद् नेपाल।

You May Also Like

More From Author

+ There are no comments

Add yours