Advertisement

तेह्थुम पावर कम्पनी लिमिटेले पायो आईपीओ विक्री गर्न नेपाल धितोपत्र बोर्डको अनुमति

0 618

Advertisement

११ असार, काठमाडौं । तेह्थुम पावर कम्पनी लिमिटेडलाई १२ करोड बराबरको १२ लाख कित्ता आईपीओ विक्री गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ । बोर्डले कम्पनीलाई सर्वसाधारणमा ३० प्रतिशत आईपीओ विक्री गर्न असार १० गते अनुमति दिएको हो ।

यो आईपीओ विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । हाल कम्पनीको संस्थापक तर्फबाट चुक्ताभएको पूँजी रू. २८ करोड रहेको छ । आईपीओ पश्चात कम्पनीको चुक्तापूँजी रू. ४० करोड पुग्नेछ ।

यस कम्पनीले सर्वसाधारणका लागि छुट्याएको आईपीओमध्य आयोजना प्रभावित स्थानियका लागि ४ लाख कित्ता र ८ लाख कित्ता आम सर्वसाधारणमा विक्री गर्नेछ । यस कम्पनीले तेह्थुम जिल्लामा ७ दशमलव ५ मेगावाट क्षमताको अपर खोरुङ्गाखोेला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.