जतिसुकै धरपकड गरे पनि दब्नेवाला छैनौं : राप्रपा सांसद सिंह

०७ वैशाख, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद दीपक सिंहले निषेधित क्षेत्रमा पुग्दै नपुगि प्रहरीले धरपकड गर्न खोजेको आरोप लगाएका छन् ।

आइतबार प्रदर्शनका क्रममा उनले बबरमहल क्षेत्रमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै यस्तो बताएका हुन् ।

‘हामी निषेधित क्षेत्रमा पनि पुगेका छैनौं । त्यही धरपकड गर्न खोजेको हो,’ उनले भने, ‘जनताको आवाज राप्रपाले उठाउन खोज्ला हदसम्म तानि तानि उनीहरूले दबाउन खोजेका छन् ।’
उनले जनताको आवाज आफ्नो पार्टीले बोलिरहने पनि बताए ।

‘हामीले जति धरकपड गरे पनि दब्नेवाला छैनौं,’ उनले भने ।

सिंहदबारमा केहीबेर अघि अध्यक्ष राजेन्द्र लिङ्देनसहित वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ र सांसद ज्ञानेन्द्र शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

त्यतिबेला सांसद सिंह पनि त्यहीँ थिए ।

यद्यपि उनी प्रहरी नियन्त्रणमा नपरी अहिले प्रदर्शनस्थलमा पुगेका छन् ।

You May Also Like

More From Author

+ There are no comments

Add yours