Advertisement

गण्डकी प्रदेशका मुख्यमन्त्रीले शुक्रबार विश्वासको मत लिने

0 835

Advertisement

०३ असार, गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शुक्रबार विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्रीले विश्वासको मत लिने प्रस्ताव मंगलबार नै संसद सचिवालयमा दर्ता गराएका छन् । प्रदेश सभा सचिव हरिराज पोखरेलका अनुसार मुख्यमन्त्री पोखरेलले मंगलबार दिउँसो करिब ३ बजे प्रस्ताव दर्ता गराएका हुन् ।

शनिबार मुख्यमन्त्री नियुक्त भएका मुख्यमन्त्री पोखरेललाई असार २८ सम्म विश्वासको मत लिनुपर्ने बाध्यता छ । संविधानको १६८ (५) अनुसार मुख्यमन्त्री नियुक्त भएका मुख्यमन्त्री पोखरेलले १६८ (६) बमोजिम विश्वासको मत माग्ने प्रस्ताव दर्ता गराएका हुन् ।४ दलीय गठबन्धनको साथमा पोखरेल मुख्यमन्त्रीमा नियुक्त भएका थिए । यसअघिका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत पाउन नसकेपछि नयाँ सरकार गठनको प्रक्रिया बढेको थियो ।

मुख्यमन्त्री पोखरेललाई कांग्रेसका १५, माओवादीका ११, जनमोर्चा र जनता समाजवादीका २÷२ र १ स्वतन्त्र सांसदको साथ छ । पोखरेललाई विश्वासको मत प्राप्त गर्न ३० सांसदको साथ चाहिन्छ । राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापालाई सर्वोच्च अदालतले सांसद पद नरहने गरी कारबाही गरेपछि सांसद कायम संख्या ५९ छ ।मुख्यमन्त्री नियुक्त भएको तेस्रो दिनमै पोखरेल सरकारले बजेट ल्याएको थियो । शनिबार मुख्यमन्त्री नियुक्त भएका मुख्यमन्त्री पोखरेलले आइतबार नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

शनिबार ४ जनालाई मन्त्री बनाएर सपथ लिएका मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिएपछि मन्त्रालय विस्तार गर्ने र मन्त्रालयको जिम्मा तोक्ने तयारी गरेका छन् । शनिबार मुख्यमन्त्री पोखरेलसँगै कांग्रेसबाट कुमार खड्का, माओवादीबाट मधुमाया अधिकारी, जनता समाजवादीबाट हरिशरण आचार्य, र स्वतन्त्र सांसद दीपक मनाङेलाई मन्त्री बनाएका थिए । अहिले यी ४ जना नै विनाविभागीय हुन् ।गठबन्धनमा किचलो आउन नदिन र छिटो भन्दा छिटो विश्वासको मत लिएर सरकारका काम अघि बढाउन पोखरेलले शुक्रबार विश्वासको मत लिन लागेका हुन् । विश्वासको मत अघि नै मन्त्रालय विस्तार, भागभण्डा गरे किचलो आउन सक्ने आँकलन गर्दै मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिन लागेको बुझिएको छ ।

जम्बो गठबन्धन सहित मुख्यमन्त्री बनेका पोखरेललाई गठबन्धनलाई एक ढिक्का बनाएर राख्नुपर्ने चुनौती छ । नेकपामा आएको फुटझैं गठबन्धनमा पनि फुट सिर्जना हुनसक्ने संशय मुख्यमन्त्री पोखरेलमा छ । निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अहिलेको गठबन्धन लामो समय नजाने र फुट सिर्जना हुने आँकलन गरिसकेका छन् ।तत्कालिन नेपाल कम्युनिस्ट पार्टीमा फुट आएपछि मुख्यमन्त्रीमा पोखरेलको दाउ लागेको थियो । ६० सांसदमध्ये ४० सांसद रहेको नेकपा फुटेपछि कांग्रेसलाई मौका मिलेको हो । २७ सांसद भएको एमाले अहिले प्रतिपक्षीमा छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.