Advertisement

कोभिड खोपको दुरुपयोगका बारेमा जिल्ला प्रशासनद्वारा बाँकेमा छानविन शुरु

0 719

Advertisement

३० जेष्ठ, नेपालगञ्ज । बाँकेमा कोभिड खोप लगाउने क्रममा स्वास्थ्यकर्मीले मनपरी गरेर तोकिएका व्यक्ति भन्दा आफन्त र नातागोतालाई लगाएको जनताको गुनासोपछि लुम्बिनी प्रदेश सरकारले छानबिन गर्न जिल्ला प्रशासन कार्यालय बाँकेलाई निर्देशन दिएको छ ।
लुम्बिनी प्रदेशका कृषि तथा सहकारी मन्त्री बिजय बहादुर यादवले बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई सो बारेमा सत्य तथ्य पत्ता लगाई प्रतिवेदन पठाउन निर्देशन दिनु भएको छ ।

प्रदेश सरकारको निर्देशन प्राप्त भएपछि सो बारेमा छानविन शुरु गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।
बाँकेको डुडुवा गाउँपालिका वडा नं ४ मा रहेको आधारभूत स्वास्थ्य केन्द्रका इन्चार्ज खड्का बहादुर रोकाले गाउँपालिकाका जनतालाई खोप नलगाएर अन्यत्रबाट आफ्ना निकटतम व्यक्तिहरुलाई बोलाएर लगाएको र केहि स्वास्थ्यकर्मीले ५ देखि ८ खोप आफ्नो घरमा लगेको कुरा सार्वजनिक भएको थियो ।

स्वास्थ्यकर्मीले कोभिड भ्याक्सिन आफन्तलाई लगाइएको आरोप स्थानीयले लगाएको गुनासो उठेपछि लुम्बिनी प्रदेश सरकारले छानविन गरेर सत्य तथ्य पत्ता लगाउन निर्देशन दएको हो ।

सरकारले तोकेको मापदण्डभन्दा बाहिर गएर पहुँचको आधारमा गाउँपालिका वाहिरका व्यक्तिलाई बोलाएर नक्कली ठेगाना राखेर सहपुर्वा स्वास्थ्य केन्द्रले खोप लगाएको स्थानीयले जनाएका छन् ।

कोभिड खोप ६२ देखि ६४ वर्ष उमेर समूहलाई लगाउन स्थानीय निकायलाई निर्देशन भएपनि डुडुवा ४ का स्वास्थ्य चौकी इन्चार्ज रोकाले मनपरी तरिकाले खोपको दुरुपयोग गरेको स्थानीय नरेश खटिकले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार लक्षित समूह बाहेकका व्यक्तिलाई खोप लगाएको पाइएमा खोप दुरुपयोग गर्ने स्वास्थ्यकर्मीलाई कारवाही गरिनेछ । खोप लगाउने व्यक्तिहरूको विवरण, खोप केन्द्र र खोप लगाउने कार्यमा संलग्न कर्मचारीको समेत विवरण संकलन सुरु गरिएको सो कार्यालयले जनाएको छ ।

यस्तै डुडुवा गाउँपालिकाको स्वास्थ्य शाखाले पनि आइतबारबाट खोप अनियमितताका बारेमा छानबिन सुरु गरेको स्वास्थ्य संयोजक धन बहादुर बुढाले बताउनुभयो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.