Advertisement

मन्त्रीबाट हट्नासाथ ज्ञवालीले सार्वजनिक गरे सम्पत्ति विवरण

0 518

Advertisement

२२ जेठ, काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले परराष्ट्रमन्त्री पदबाट हट्नासाथ आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । सामाजिक सञ्जालमार्फत् ज्ञवालीले सवा तीन वर्ष मन्त्री रहँदाको सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।

उनले विदेश भ्रमणबाट आएको लेभी पार्टीको खातामा बुझाएको उल्लेख गरेका छन् । ‘यस अवधिमा मेरो तर्फबाट विदेश भ्रमण बापतको लेभी ३,१४,९३० र पारिश्रमिक बापतको लेभी ६ लाख २०,००० गरी जम्मा ९३४,९३० पार्टी खातामा जम्मा भएको …’, सामाजिक सञ्जालमा लेखेका छन् ।

पारिश्रमिकको कर कट्टी बापत ३,७२,८९१.१३ रुपैयाँ सरकारी कोषमा दाखिल भएको पनि ज्ञवालीले उल्लेख गरेका छन् ।

यसबाहेक आफ्नो बैंक खातामा सात लाख ४१ हजार ७७५.६० रुपैयाँ बचत रहेको पनि उनले उल्लेख गरेका छन् । मन्त्री रहँदा दुई सय जति पुस्तक थपिनु बाहेक सम्पत्ति विवरणमा कुनै फेरबदल नभएको ज्ञवालीले प्रष्ट पारेका छन् ।

शनिबार बिहानै मन्त्री निवास छोड्ने जानकारी दिएका ज्ञवालीले शुक्रबार नै सवारी साधन र ल्यापटप बुझाएको उल्लेख गरेका छन् । उनले मन्त्री रहँदा साथसहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.