Advertisement

एप्पलको एयरट्यागका लागि नयाँ अपडेट जारी

0 479

Advertisement

२२ जेष्ठ, एजेन्सी । एप्पलले एयरट्यागका लागि नयाँ सफ्टवेयर अद्यावधिक जारी गरेको छ । यसअघि एयरट्यागमार्फत गोप्य रूपमा ट्र्याक गर्न प्रयोग गर्न सकिने चिन्ताका बिचमा नयाँ अपडेट ल्याएको हो ।

एयर ट्यागहरू अप्रिलमा जारी गरिएको थियो र मानिसहरूलाई तिनीहरूको सामानहरु ट्र्याक गर्नको लागि ल्याईएको हो । यद्यपि आलोचकहरूले सिक्का आकारको ट्र्याकरले सजिलैसँग कसैको वास्तविक समयको अवलोकन गर्न प्रयोग गर्न सकिने चेतावनी दिएका छन् ।

अपडेटलाई पछ्याउँदा यदि तिनीहरू एयरट्याग प्रयोगकर्ताहरुको आईफोनबाट टाढा भएको बेलामा एयरट्यागहरू बीप हुनेछन् । यसमा आठदेखि २४ घण्टा बीचको अनियमित समय तोकिएको छ र यसले नजिकैका मानिसहरूलाई सचेत बनाउनेछ ।

एयरट्याग प्रयोगकर्ताको आईफोनको नजिक भएमा एयरट्यागहरूले आफ्नो सफ्टवेयर स्वचालितरूपमा अपडेट गर्नुपर्नेछ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.