एनपीएल विवादमा अदालतको आदेश : जोरा स्पोर्टस्‌सँगको सम्झौताविपरीत काम नगर्नू

२४ माघ, काठमाडौं । जिल्ला अदालत काठमाडौंले जोरा स्पोर्ट्स इन्टरटेन्मेन्ट प्रालिसँग भएको करार शर्तविपरीत कार्य नगर्न/नगराउन नेपाल क्रिकेट संघ (क्यान)का नाममा अल्पकालीन अन्तरिम आदेश दिएको छ । बुधबार जिल्ला न्यायाधीश दिनबन्धु बरालको एकल इजलासले उक्त आदेश दिएको हो ।

जोरा स्पोर्ट्स इन्टरटेन्मेन्ट प्रालिले आफूसँग भएको सम्झौताविपरीत नेपाल प्रिमियर लिग सञ्चालन गरेको भन्दै मुद्दा दायर गरेको थियो । उक्त मुद्दाउपर प्रारम्भिक सुनुवाइ गर्दै जिल्ला अदालतले दुवै पक्षका नाममा फागुन १ गते छलफलको पेशी तोकेको छ ।

नेपाल प्रिमियर लिगका सञ्चालनकर्ता जोरा स्पोर्ट्स इन्टरटेन्मेन्ट प्रालिका सञ्चालक आमिर अख्तरले क्यानले आफूसँग गरेको सम्झौता बमोजिमको अवधि बाँकी रहँदै करार उल्लंघन गरी नेपाल प्रिमियर लिग प्रतियोगिता आयोजना गरेको भन्दै मुद्दा दायर गरेका हुन्।

पूर्वक्रिकेटर जोरा स्पोर्टस्‌ इन्टरटेन्मेन्टका आमिर अख्तरले नेपाल प्रिमियर लिगको नाममा आफूले प्रतियोगिता सञ्चालन गर्दै आएको र यसको दर्ता पनि आफ्नै नाममा रहेको दाबी गर्दै आएका छन् । क्यानले मंसिरमा नेपाल प्रिमियर लिगकै नाममा फ्रेन्चाइज क्रिकेट प्रतियोगिता गरेको थियो ।

You May Also Like

More From Author

+ There are no comments

Add yours