Advertisement

बुटवलमा रोजगार मेला सुरु

0 26

Advertisement

१० जेठ, बुटवल । बुटवलमा रोजगार मेलाकाे आज अन्तिम दिन । नेपाल उद्योग वाणिज्य महासंघ, बुटवल उद्योग वाणिज्य संघ र बुटवल उपमहानगरपालिकाको संयुक्त आयोजनामा मंगलबार देखि दुई दिने मेला सुरु भएको हो ।

मेलाको नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्माले उद्घाटन गर्दै नेपाली युवा कामको खोजीमा विदेश जानुपर्ने र नेपाली उद्योगीले बाहिरबाट कामदार ल्याउनुपर्ने बाध्यता रहेको बताए ।

बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले उद्योग व्यवसायीहरुले दक्ष जनशक्ति नपाइरहेको र पढेलेखेका युवाहरु कामको खोजीमा बाहिरिइरहेको विषयमा दुबै पक्षले सोच्न आवश्यक रहेको बताए । अध्यक्ष कसजूका अनुसार मेलामा २९ वटा उद्योग प्रतिष्ठानको सहभागिता रहेको छ । जसमा ३ सय जनालाई रोजगारीको अवसर दिइने छ।

इन्टरनेशनल लेवर अर्गनाईजेशनका नेशनल प्रोजेक्ट कोर्डिनेटर सौरभराम जोशीले आन्तरिक रोजगारी प्रवर्धन गर्न मेला फलदायी हुने विश्वास व्यक्त गरे ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.