Advertisement

चितवनमा बन्दको प्रभाव : लामो दुरीका गाडी ठप्प

0 21

Advertisement

२३ वैशाख, चितवन ।शंकर कँडेल न्यायिक संघर्ष समितिले आह्वान गरेको चितवन बन्दको प्रभाव यातायात क्षेत्रमा परेको छ । बन्दका कारण लामो दुरीका गाडी सञ्चालन हुन सकेका छैनन् । छोटो दुरीका गाडी पनि सहज रुपमा चल्न सकेका छैनन् । बन्दकर्ताले पुलचोक, मुग्लिन र खैरहनीलगायतका स्थानमा जम्मा भएर गाडी चलाउन रोकेका छन् ।

मोटरसाइकलमा हिँडेका बन्दकर्ताले जिल्लाको विभिन्न स्थानमा पुगेर बन्द गराएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख राजकुमार तामाङले बताए । ‘लामो दुरीका गाडीहरु ठाउँ–ठाउँमा रोकिएका छन् । बन्दकर्ताहरु एकै ठाउँमा बसेका छैनन्’, उनले भने, ‘मुग्लिनमा गाडीको लामो लाइन लागेको छ ।

दिउँसो १० बजेसम्म बन्दकर्ताले कुनै गाडीमा तोडफोड भने नगरेको उनले बताए । उनका अनुसार बन्दकर्ता पनि पक्राउ परेका छैनन् । व्यवसायी कँडेललाई आत्महत्या गर्न दुरुत्साहन गर्ने मुख्य व्यक्ति पक्राउ नपरेको भन्दै संघर्ष समितिले आज चितवन बन्दको आह्वान गरेको हो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.