Advertisement

ट्युनिसियासँग हार्यो फ्रान्स

0 130

Advertisement

१५ मंसिर, काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा साविक विजेता फ्रान्सले हार व्यहोरेको छ ।

एजुकेसन सिटी स्टेडियममा बुधबार राति भएको खेलमा फ्रान्सलाई ट्युनिसियाले १-० गोल अन्तरले हराएको हो ।
ट्युनिसियाको जितमा वाह्बी खाज्रीले निर्णायक गोल गरे ।

उनले खेलको ५८ औं मिनेटमा गोल गरे ।

खेलको इन्जुरी समयमा सब्सिच्युड खेलाडीको रुपमा मैदान प्रवेश गरेका फ्रान्सका एन्टोनियो ग्रीजम्यानले गोल गरेका थिए ।

तर, भीएआरले उनलाई अफसाइड देखाएको थियो । जसको कारण उनको गोलले मान्यता पाएन ।

समूह चरणको अन्तिम खेलमा पराजित भएपनि फ्रान्स समूह विजेताको रुपमा नकआउट चरणमा पुगेको छ ।

समूह ‘डी’ को फ्रान्सले ३ खेलमा ६ अंक जोड्यो ।

ट्युनिसिया प्रतियोगिताबाट बाहिरिएको छ ।

ट्युनिसियाले ३ खेलमा ४ अंक जोड्यो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.