Advertisement

चिनियाँ खोपलाई विश्वव्यापी मान्यता दिनेबारे निर्णय गर्दै डब्लूएचओ

0 460

Advertisement

१९ बैशाख, बेइजिङ । कोभिड–१९ विरुद्ध चीनले निर्माण गरेका दुईवटा खोपहरुको पहिलोपटक ग्लोबल निरीक्षकले परीक्षण गर्ने भएका छन् । विश्व स्वास्थ्य संगठन, डब्लूएचओले ती खोपलाई विश्वव्यापी प्रयोगका लागि स्वीकृत गरेमा यसले विश्वव्यापी खोप वितरण कार्यक्रममा ठूलो बढावा मिल्ने बताइएको छ ।

चिनियाँ कम्पनीहरुले यसअघि खोप निर्माणको प्रक्रियाबारे विस्तृतमा डाटाहरु सार्वजानिक नगरेकामा सबैतिरबाट आलोचित भएका थिए । तर अब भने डब्लूएचओले यसलाई आपतकालीन प्रयोगका लागि मान्यता दिने नदिनेबारे निर्णय गर्ने भएको छ ।

डब्लूएचओले प्रदान गर्ने लाइसेन्स विश्वव्यापी रुपमा मान्य हुँदै आएको छ ।

‘साइनोफ्राम र साइनोभ्याक बायोटेक’ का खोपहरु स्वीकृत भएमा यसले खोपको अभावबाट गुज्रिरहेका देशहरुलाई ठूलो राहत दिलाउनेछ । यसपछि मुलुकहरु खोपका लागि चीनमा पनि निर्भर रहन सक्नेछन् । तिनलाई विश्वका सबैभन्दा गरिबहरु निर्भर रहेको डब्लूएचओको ‘कोभ्याक्स’ कार्यक्रममा आपूर्ति गर्न पनि आधिकारिक स्वीकृति आवश्यक पर्नेछ । खोपको अभाव सुरु भएपछि देशहरुबीच राष्ट्रियकरण सुरु भएको डब्लूएचओका डिरेक्टर जेनेरल टेड्रोसले यसअघि चेतावनी दिएका थिए ।

यसैकारण डब्लूएचओले सबैमा समान वितरण सुनिश्चित गर्न अनि खोप अभावको समस्या समाधान गर्न धेरै भन्दा धेरै किसिमका खोपहरुको परीक्षण गरिरहेको जसमा साइनोफ्राम र साइनोभ्याक पनि पर्ने उनले बताए ।

डब्लूएचओबाट स्वीकृत हुनका लागि खोप कम्तीमा ५० प्रतिशत प्रभावकारी अनि सुरक्षित हुनुपर्ने हुन्छ र निर्माण प्रक्रिया सम्बन्धी गुणस्तर पनि तोकेबमोजिम हुनुपर्नेछ ।

विश्व बजारका लागि लक्षित गरिएको उत्पादन विश्व स्तरीय निरीक्षकबाटै पहिचान गरिएको हुनुपर्ने इन्टरनेस्नल भ्याक्सिन एक्सेसका सहनिर्देशक नाओर बार जिभ बताउँछन् । यसमा विज्ञानका आधारमा र उपलब्ध प्रमाणलाई हेरेर निर्णय लिइने उनले बताए । अहिलेसम्म डब्लूएचओबाट मान्यता प्राप्त खोपहरुमा फाइजर, जोन्सन एण्ड जोन्सन र एस्ट्राजेनका खोप रहेका छन् ।
चिनियाँ खोपहरुले डब्लूएचओको समर्थन पाउनुले विश्वव्यापी खोप आपूर्तिमा उल्लेखनीय प्रभाव पर्ने अपेक्षा गरिएको छ ।

चिनियाँ खोपहरुको तेस्रो चरणको क्लिनिकल ट्रायलको नतिजाबारे विस्तृतमा प्रकाशित नगरिएको हुँदा अन्तर्राष्ट्रिय मेडिकल समुदायहरुले शंका व्यक्त गर्दै आएका थिए । यस्तोमा डब्लूएचओले चिनियाँ खोपहरु स्वीकृत गरिसकेपछि कोभ्याक्सले पनि ती खोपहरु खरिद गर्न पाउनेछ ।

कोभ्याक्स कार्यक्रम अन्र्तगत वर्षको अन्त्यसम्म २ अर्ब डोज विश्वव्यापी वितरण गर्ने लक्ष्य रहेको छ । तर पछिल्लो समय कोभ्याक्सले प्रत्यक्ष रुपमा खोप किन्न सकिरहेको छैन किनकी धनी देशहरुले आफ्नै जताका लागि खोप संचित गरेर राखिरहेका छन् । यता भारतमा जारी संकटले पनि खोप निर्यातलाई समस्यामा पारिरहेको छ । तर चिनियाँ डाटा पारदर्शी नभएतापनि १० करोड डोज भन्दा बढी खोप दर्जनौँ राष्ट्रहरुमा पठाइसकिएको छ ।
साउद चाइना मर्निङ पोस्ट

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.