Advertisement

आज – १९ बैशाख २०७८ आइतवार को राशिफल

0 452

Advertisement

मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ

साता फलदायी रहनेछ।प्रारम्भमा एकपछि अर्को अवसर आउनाले उत्साहित भइनेछ। आफन्त र साथीभाइबाट काममा सहयोग मिल्नेछ। प्रतिष्ठित कामको अवसर प्राप्त हुनेछ। पदासीन व्यक्तिसँग निकटता बढ्नेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। आम्दानीका स्रोतहरू बढ्नेछन् भने मनग्य धन संग्रह हुनेछ। पछिसम्म फाइदा हुने काम सुरु गर्ने अवसर प्राप्त हुनेछ। सप्ताहान्तमा खर्चिलो कामको योजना अघि बढ्नेछ। लगानी जुटाउन ऋण–सापट लिनुपर्ने हुन सक्छ। प्रयत्न गर्दा यात्राको अवसर जुट्न सक्छ।

वृष – TAURUS इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

प्रारम्भमा स्वास्थ्य कमजोर रहनेछ भने काममा पनि बाधा हुन सक्छ। सोमवारदेखि स्थिति अनुकूल हुनाले विभिन्न अवसर प्राप्त हुनेछन्। मिहिनेतले प्रतिष्ठित काम गर्ने अवसर दिलाउन सक्छ। राजनीति तथा नोकरीमा विशेष जिम्मेवारी प्राप्त हुनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। नाम, दाम र इनाम हातलागी हुनेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ। बुधवारदेखि आयस्रोत सबल बन्नुका साथै प्रशस्त आम्दानी हुनेछ। उठ्नुपर्ने रकम पनि लाभांशसहित हातलागी हुनेछ। अप्ठ्याराे समयमा पनि व्यवसायले राम्राे फाइदा दिनेछ।  

मिथुन – GEMINI का, कि, कु, घ, ङ, छ, के, को, ह

प्रियजनसँगको भेटघाटले सुरुआत रमाइलो रहे पनि यो साता केही उतारचढावमय रहने देखिन्छ। कामकाे याेजना खर्चिलो हुनेछ। अप्ठ्यारो परिस्थितिसँग सम्झौता गर्नुपर्ला। श्रमपूर्वक काम गर्दा समेत जस नपाइएला। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला। बलजफ्तीले काम बिग्रन सक्छ। अर्थ अभावले पनि सताउन सक्छ। अरूका लागि आफ्नो महत्त्वपूर्ण समय खर्चनुपर्ला। सप्ताहान्तमा टाढिएका साथीभाइ नजिकिनेछन्। लगनशीलताले अवसर पनि दिलाउनेछ। मिहिनेतले सफलताको सूत्र पत्ता लगाउन सकिनेछ।

कर्कट – CANCER हि, हु, हे, हो, डा, डि, डु, डे, डो

प्रारम्भमा केही चुनौतीसँग लड्नुपर्ला। अस्वस्थताबीच कामको बोझ थपिन सक्छ। साेमवार र मंगलवार मनग्य आम्दानी हुनेछ र व्यवसायमा पनि फाइदा हुनेछ। मित्रहरूको सञ्जाल फराकिलो हुनुका साथै कीर्तिमानी काम गर्ने अवसर प्राप्त हुनेछ। बुधवारदेखि नियमित काममा बाधा पुग्नेछ। ईर्ष्या गर्नेहरू बढ्नेछन् भने काम गरेर पनि जस नपाइने समय छ। अरूका लागि समय खर्चनुपर्ला। सप्ताहान्तमा स्थितिमा सुधार आउनाले धेरै समस्या समाधान हुनेछन्। नयाँ जिम्मेवारी प्राप्त हुनेछ भने मिहिनेतले उपलब्धि हातपार्न सकिनेछ।

सिंह – LEO मा, मि, मु, मे, मो, टा, टि, टु, टे

सामान्य प्रतिस्पर्धामा उत्रनुपरे पनि साताकाे अधिकांश समय फलदायी रहनेछ। हिम्मतले काम लिँदा लाभ उठाउन सफल भइनेछ। नियमित काममा विशेष लाभ हुनेछ। पुरुषार्थी काम बन्नाले जोश–जाँगर पनि बढ्नेछ। दिगो फाइदा हुने काम प्राप्त हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ।पारिवारिक भेटघाटले मन प्रफुल्लित हुनेछ। सप्ताहान्तमा स्वास्थ्य कमजाेर हुनाले काममा पनि बाधा हुने देखिन्छ। परिबन्धले आकस्मिक खर्च बढ्नेछ।अरूको स्वार्थमा उपयोग भइए पनि समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन्।

कन्या – VIRGO टो, प, पि, पु, ष, ण, ठ, पे, पो

सुरुमा विवादास्पद काममा जुट्नुपरे पनि महिना फलदायी रहनेछ। साथीभाइकाे साथ–सहयाेग जुट्नाले धेरै काम सम्पादन हुनेछन्। अध्ययनमा प्रगति हुनेछ। परिस्थितिमा सुधार आउनेछ भने आँटले काम लिन सकिनेछ। मेहनतले आम्दानीको दिगो स्रोत जुट्न सक्छ। प्रतिभाद्वारा धेरैलाई उछिन्न सकिनेछ। व्यापार र उद्योगमा फाइदा हुनेछ। व्यवसायका लागि यात्रा गर्नुपर्ला। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको गाँठो कसिने सम्भावना छ। साताको बीचमा स्वास्थ्य कमजोर रहला। अनायासै काम बिग्रने डरले पनि सताउन सक्छ।

तुला – LIBRA र, रि, रु, रे, रो, ता, ति, तु, ते

मंगलवारसम्म केही उतारचढावको समय रहेको हुँदा सावधान रहनुपर्ला। पहिले दिएको वचनले व्यवहारमा समस्या निम्त्याउन सक्छ। साथीभाइ टाढिनेछन्। स्वास्थ्य कमजोर रहनेछ। अध्ययनमा धेरै समय दिन नसकिएला। बुधवारपछि स्थितिमा सुधार आउनाले कामका बाधाहरू हट्नेछन्। आर्थिक पक्ष सबल बन्नाले भौतिक साधन जुटाउन सफल भइनेछ। व्यापारमा मनग्गे फाइदा हुने समय छ। आतिथ्यपूर्ण सम्मान पाइनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। मित्रता र प्रेमको गाँठो समेत कसिने सम्भावना छ।  

वृश्चिक – SCORPIO तो, ना, नि, नु, ने, नो, या, यि, यु

प्रारम्भमा स्वास्थ्य समस्याले काम पनि रोकिन सक्छ। समयमा हाेस नपुर्याउनाले केही पछि परिनेछ। तर बिस्तारै काम बन्नाले उत्साह जाग्नेछ। नयाँ पेसा सुरु गर्ने अवसर जुट्नेछ। भौतिक साधन प्रप्त हुनेछन् भने राम्रै आम्दानी र लाभांश प्राप्त हुनेछ। बुधवारदेखि परिवारमा असमझदारी बढ्नाले केही समस्या आउन सक्छन्। आफन्तजनमै ईर्ष्यालु मनोवृत्ति बढ्न सक्छ। स्वास्थ्य कमजोर रहनाले अध्ययनमा समेत ध्यान दिन नसकिएला। आँट गर्न नसक्दा काममा पनि पछि परिनेछ। विवादास्पद कामले केही चुनाैती निम्त्याउनेछ। 

धनु – SAGITTARIUSये, यो, भ, भि, भु, ध, फा, ढ, भे

प्रारम्भमा आलोचकहरूले बाधा पुर्याए पनि सोमवारदेखि सहयोगीले साथ दिनेछन्। विशेष अवसर प्राप्त हुनाले दिगो फाइदा हुने काम शुभारम्भ हुनेछ। पहिलेको स्थितिमा सुधार आउनाले नयाँ कामतर्फ अग्रसर भइनेछ। पुरुषार्थी काम गर्दै नाम, दाम र इनाम हातपार्न सकिनेछ। बुधवारदेखि पारिवारिक समस्याले सताउन सक्छ। घरमा सहमति नजुट्नाले लक्ष्यमा पुग्न पनि बाधा पर्नेछ। साइनो गाँस्नेहरूबाट अलि सजग रहनुपर्ला। स्वास्थ्य र अध्ययनमा कमजोरी देखा पर्नेछ। शुभचिन्तकहरू टाढा हुनाले पनि व्यवहारमा दु:ख पाइनेछ।

मकर – CAPRICORN भो, ज, जि, खि, खु, खे, खो, गा, गि

सुरुमा केही खर्च लागे पनि पारिवारिक भेटघाटले रमाइलो माहोल बन्नेछ। तारिफयोग्य काम गर्दै समुदायको हक हितको संरक्षण गर्न सकिनेछ। तर आफ्ना लागि मिहिनेतकाे फल तत्काल प्राप्त नहुन सक्छ। बीचमा केही वादविवादमा परिएला। विगतका कमजोरी बाहिर आउनाले आलोचकहरू बढ्न सक्छन्। फजुल खर्च पनि बढ्नेछ। बुधवारदेखि स्थितिमा सुधार आउनाले प्रतिष्ठित काम गर्ने मौका प्राप्त हुनेछ। विगतका कमजोरी सच्याउन सकिनेछ। सुखदुःखमा साथ दिनेहरू फेला पर्नेछन्। सप्ताहान्तमा पारिवारिक असमझदारी बढ्न सक्छ।

कुम्भ – AQUARIUS गु, गे, गो, सा, सि, सु, से, सो, द

प्रारम्भमा राम्राे आयआर्जन हुनाले अर्थ अभाव टर्नेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। सोमवार र मंगलवार खर्चिलाे काम गर्नुपर्ने हुँदा केही जाेहाे गर्नुपर्ने देखिन्छ। साँच्चिकै अर्थअभाव अनुभूति हुनेछ। बुधवारदेखि विभिन्न कामका अवसर प्राप्त हुनेछन्। रमाइलो भेटघाट र खानपानको अवसर प्राप्त हुनेछ। तर स्वास्थ्य कमजोर रहनेछ। विवादास्पद कामको जिम्मेवारी सम्हाल्नुपर्ला। आलोचकहरूको चलखेल बढ्नेछ। तापनि सप्ताहान्तमा केही अवसर पाइनेछ। स्राेत–साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुने देखिन्छ। 

मीन – PISCES दि, दु, थ, झ, ञ, दे, दो, च, चि

प्रारम्भमा विवादास्पद कामले अलमल्याउन सक्छ। अरूकाे मुख ताक्ने बानीले काममा विलम्ब हुनेछ। साेमवार र मंगलवार विशेष अवसर जुट्नुका साथै मनग्य आम्दानी हातलागी हुनेछ। भौतिक साधन पनि जुट्नेछन्। पछिसम्म फाइदा हुने काम प्रारम्भ हुन सक्छ। परिस्थितिवश बुधवार र बिहीवार अधिक खर्च बढ्नेछ। अर्थ अभाव देखा पर्नाले चिताएको काममा पनि बाधा पुग्न सक्छ। आफ्नै परिवारजनबाट टाढिनुपर्ने स्थिति आउन सक्छ। सप्ताहान्त अनुकूल बन्नाले धेरै समस्या समाधान हुनेछन्। आफन्तसँग निकटता बढ्नेछ। 

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.