Advertisement

फ्राइडे रिलिजः आजबाट ‘महापुरुष’ प्रदर्शनमा

0 96

Advertisement

११ कार्तिक, काठमाडौं । फ्राइडे रिलिज अन्तर्गत आजबाट नेपाली कथानक चलचित्र ‘महापुरुष’ प्रदर्शनमा आएको छ । तिहार सकिएको भोलिपल्टबाट चलचित्र प्रदर्शनमा आएको हो ।

चलचित्रले मल्टिप्लेक्समा राम्रो शो पाएको छ । देशकै ठूलो मिल्टिप्लेक्स क्यूएफएक्स चेनलगायत अन्य मिल्टप्लेक्समा पनि ‘महापुरुष’लाई उच्च शो प्रदान गरिएको छ ।

प्रदीप भट्टराईले निर्देशन गरेको चलचित्र ‘महापुरुष’मा हरिवंश आचार्य र गौरी मल्ल मुख्य भूमिकामा छन् । हरिवंश र गौरीसँगै मदनकृष्ण श्रेष्ठ, अरुण क्षेत्री, अञ्जना बराइली, रबिन्द्र सिंह बाँनिया, राजाराम पौडेललगायत कलाकार मुख्य भूमिकामा छन् ।

उच्च शो पाएको चलचित्र ‘महापुरुष’ले राम्रो व्यापार गर्ने अपेक्षा धेरैको छ । प्रिमियरमा राम्रो प्रतिक्रिया पाएको चलचित्र काठमाडौंसँगै चितवन र इटहरीमा पनि प्रिमियर गरिएको थियो । फेमेली कमेडी ड्रामा भएकाले पनि दर्शकको साथ मिल्नेमा निर्माण पक्ष विश्वस्त छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.