२९ भदाै, काठमाडाैं । ओखरमा विभिन्न किसिमका एन्टीअक्सिडेन्ट, भिटामिन तथा पोषकतत्वहरु हुने गर्दछन्, जुन स्वास्थ्यका लागि निकै फाइदाजनक छ ।
– ओखरमा हुने पोलिस्याचुरेटेड फ्याट, पोलिफेनोल्स तथा भिटामिन ई ले मानसिक स्वास्थ्य राम्रो बनाउँदछ ।
– ओखरले टाइप–२ मधुमेहको जोखिमलाई न्यून गर्न निकै फाइदाजनक मानिन्छ ।
– ओखरको सेवनले भोक नियन्त्रण गर्न निकै मद्दत गर्दछ । यसले तौल घटाउन निकै मद्दत गर्दछ ।
– ओखरबाट प्राप्त गर्न सकिने अल्फा–लिनोलेनिक एसिड (एएलए) ले हृदय रोगका कारण मुृत्यु हुने जोखिम १० प्रतिशतले घटाउँदछ ।