घोप्टेभीरको पहिरो हटाइयो, सडक दुईतर्फी सञ्चालनमा

२४ कार्तिक, काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिङ सडकखण्डको घोप्टेभीरमा खसेको पहिरो हटाएपछि सडक दुईतर्फी सञ्चालनमा आएको छ ।

सोमबार राति ११ बजे खसेको ठूलो सुक्खा पहिरोका कारण मंगलबार बिहानसम्म सडक अवरुद्ध भएको थियो । पहिरोका कारण तिहार मनाउन घर जाने तथा फर्किने यात्रु अलपत्र परेका थिए भने सडकमा सवारीसाधनको लामो जाम लागेको थियो ।

नागढुंगा–मुग्लिङ सडक योजना (पश्चिम खण्ड) का अनुसार अहिले पौने ८ बजे पहिरो हटाएपछि सडक दुवैतर्फी सञ्चालनमा आएको हो । उक्त सडकमा सोमबार पनि पहिरो खसेर यातायात अवरुद्ध भएको थियो ।

You May Also Like

More From Author

+ There are no comments

Add yours