आमिर खानका भान्जा इमरान खानलाई भारत छोड्न निर्देशन

२९ असोज , काठमाडौँ भारतीय अभिनेता इमरान खानलाई अक्टोबर २८ भित्र भारत छोड्न निर्देशन ।

नयाँ दिल्लीस्थित फरेनर्स रिजनल रजिस्ट्रेसन अफिस एफआरआरओ ले उनलाई भारत छोड्न सूचना जारी गरेको भारतीय सञ्चारमाध्यमहरूमा उल्लेख ।

अभिनेता आमिर खानका भान्जा इमरानमाथि प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्ध आयोजित आन्दोलनमा सहभागी भएर विदेशीसम्बन्धी कानुन उल्लंघन गरेको आरोप ।

अक्टोबर १० मा मुम्बईस्थित अगस्ट क्रान्ति मैदानमा ज्ञानेश कुमारको राजीनामा माग गर्दै आयोजित विरोध प्रदर्शनमा सहभागी भएपछि इमरानलाई हिरासतमा लिइएको थियो।

त्यसपछि उनीसहित अन्य प्रदर्शनकारीविरुद्ध प्रहरीले एफआईआर दर्ता गरेको थियो।

अमेरिकी नागरिक इमरानसँग ओभरसिज सिटिजन अफ इन्डिया ओसीआई कार्ड रहेको उल्लेख ।

भारतीय सञ्चारमाध्यमका अनुसार उनी सीजेपी आन्दोलनमा सहभागी हुने उद्देश्यले मुम्बई पुगेका थिए।

पछिल्लो घटनाक्रमसँगै उनलाई अक्टोबर २८ भित्र भारत छोड्न निर्देशन दिइएको खबर सार्वजनिक ।

You May Also Like

More From Author

+ There are no comments

Add yours