हिमाल चढ्न ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति, २८ करोड बढी संकलन

२९ असोज, काठमाडौँ । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। हाल देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ । देशका तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा आंशिक बादल लाग्नेछ। देशको बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागमा थोरै स्थानमा तथा कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन चट्याङ्गसहित मध्यम सम्मको वर्षारहिमपातको सम्भावना छ ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका एक/दुई स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ ।

आज राति देशको हिमाली भूभागमा साधारणतया बादल लाग्ने र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

देशका हिमाली भूभागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours