॥ श्री महालक्ष्म्यै नमः ॥ महालक्ष्मी व्रतको शास्त्रिय महत्व र विधि यस्तो छ।

०१ असाेज, काठमाडौँ । मिति २०८३ साल आश्विन २ गते शुक्रबार सप्तमी तिथी मध्याह्न: १२ / १५ बजेसम्म त्यस उप्रान्त अष्टमी तिथी भएको हुनाले यो दिन देखी आश्विनकृष्ण अष्टमी तिथी आश्विन १७ शनिबारसम्म १६ दिन माता महालक्ष्मीको व्रत ,पूजा, अर्चनागर्ने दिन भएकोले कलिकालमा मनुस्यले महालक्ष्मी बारे बुझेर व्रत बस्नाले के प्राप्त हुन्छ बुझ्न जरूरी छ !

महालक्ष्मी व्रत भनेको के हो?

भाद्र शुक्ल अष्टमी देखि आश्विन कृष्ण अष्टमी सम्म १६ दिनसम्म गरिने
महालक्ष्मीको व्रतलाई नै महालक्ष्मी व्रत भनिन्छ।

यो व्रत विशेष गरी अखंड सौभाग्य, धन-धान्य, पुत्र-पौत्र र सुख-समृद्धिको लागि गरिन्छ।

सर्वप्रथम देवताहरु र दानवहरु मिलेर देवासुरसंग्राम {समुन्द्रमन्थन }को प्रयोजन भएको थोयो। जसमा विभिन्न चिज – बिज निस्किएर विभिन्न देवताहरुले आफुले ग्रहण गर्नुभएको थियो।त्यसपछी अप्शराहरु तिनीहरु देवताहरुको सुखकोलागि निस्किए। त्यसपछि

“ततस्चाविरभूत् साक्षाच्छ्री रमा भगवत्परा। रञ्जयन्ती दिश :कान्त्या विद्दुत् सौदामनी यथा “//

शोभाकी मूर्ति स्वयं लोककी अधिश्वरी कल्याणमयी भगवती लक्ष्मीदेवी द्वादशीको प्रात :काल सूर्योदय हुनलाग्दा प्रकट हुनुभयो। वहाँ भगवान श्रीनारायणको नित्यशक्ति हुनुहुन्छ र वहाँको बिजुलीको समान चमकीलो मुहार देखेर दिशाहरू जगमगाएर उठ्दछन्। माताको सौन्दर्य ,यौवन ,रुप -रंग र महिमाले गर्दा स्वयं इन्द्रले बस्नकोलागी आसन ,नदीले अभिषेकको लागि सुनको कलशमा जल ,पृथ्वीले औषधि , गाइले पञ्चगव्य ,वसन्तऋतुले फल – फुल उपहार दिए ,ऋषिहरूले अभिषेक ,गन्धर्वहरुले सुमधुर गान ,नर्तकिहरुले नाच ,बादलले डमरु ,ढोल ,वेणु ,शङ्ख आदि बजाए,समुन्द्रले पहेंलो रेशमी वस्त्र ,बरुणले वैजयन्ति माला ,विश्वकर्माले गहना सरस्वतीले मोतीको हार ,ब्रह्माजीले कमल र नागले दुईवटा कुण्डल उपहार महालक्ष्मीलाई दिनुभयो। त्यसपछि ब्राह्मणहरुले{ श्रीशुक्त }वेदपाठगर्दै पूजन गर्नुभयो।

करिष्यकहं महालक्ष्मि व्रतमें त्वत्परायणा ।
तदविघ्नेन में यातु समप्तिं स्वत्प्रसादतस् ।।

अर्थात हे देवी म यहाँको सेवामा तत्पर भएर यहाँको यस महाव्रतको निष्ठापूर्वक पालना गर्नेछु।मेरो यस व्रत निर्विघ्न पूर्ण रहोस् ।

स्कन्द पुराणमा:

चतुर्वर्ग प्रदं पुण्यं महालक्ष्मी व्रतम्।
धन-धान्य-प्रदं नित्यं सौभाग्य-आरोग्य-दायकम्॥

अर्थ: महालक्ष्मी व्रतले चारै पुरुषार्थ (धर्म, अर्थ, काम, मोक्ष) दिन्छ,
धन-धान्य दिन्छ, सौभाग्य र आरोग्य दिन्छ।
कुन कुन शास्त्रमा महालक्ष्मी व्रतको वर्णन छ?

क) भविष्य पुराण – अध्याय २२ मा १६ दिनको महालक्ष्मी व्रतको पुरै कथा छ।
ख) स्कन्द पुराण – लक्ष्मी उत्पत्ति र व्रत महात्म्य
ग) लिंग पुराण – महालक्ष्मी व्रतले दरिद्रता नाश हुन्छ भनिएको छ।
घ) पद्म पुराण – महालक्ष्मी व्रत गर्ने स्त्री लक्ष्मी समान हुन्छिन्।
श्लोक (भविष्य पुराण):

भाद्रे मासि सिते पक्षे अष्टम्यां च समारभेत्।
षोडश दिनं यावत् व्रतं कुर्यात् विधानतः॥

अर्थ: भाद्र महिनाको शुक्ल अष्टमीमा सुरु गरेर १६ दिनसम्म विधिपूर्वक व्रत गर्नुपर्छ।

महालक्ष्मी व्रतको कथा (संक्षेपमा)
प्राचीन कालमा सौराष्ट्र देशमा भद्रश्रवा नामका राजा थिए। उनको रानी सुरचन्द्रिका

अत्यन्त दुखी थिइन्। एक दिन महालक्ष्मीजी एक बुढी ब्राह्मणीको रुपमा आइन् र भन्नुभयो –

हे पुत्री! तिमी महालक्ष्मी व्रत गर, तिम्रो सबै दुःख नाश हुनेछ।”
रानीले १६ दिनसम्म महालक्ष्मी व्रत गरिन् र उनको सबै दुःख नाश भयो, राज्यमा

पुनः सुख-समृद्धि फर्कियो।
त्यसै दिनदेखि यो व्रत पृथ्वीमा प्रसिद्ध भयो।
व्रत गर्ने विधि (शास्त्रिय विधि)
१. बिहान ब्रह्म मुहूर्तमा उठेर स्नान गर्ने।
२. घरलाई गोबर र गंगाजलले लिप्ने।
३. उत्तर-पूर्व (ईशान) मा मण्डप बनाएर महालक्ष्मीको मूर्ति वा चित्र स्थापना गर्ने।
४. १६ वटा गाँठो भएको डोरा (१६ सूत्र) हातमा बाँध्ने।
श्लोक:
षोडश ग्रन्थि-संयुक्तं षोडशाक्षत-संयुतम्।
डोरकं बन्धयेत् भक्त्या महालक्ष्मी प्रियंकरम्॥
५. प्रत्येक दिन महालक्ष्मीको यो मन्त्र १०८ पटक जप्ने:

मन्त्र:

ॐ श्रीं ह्रीं श्रीं महालक्ष्म्यै नमः।
ॐ महालक्ष्म्यै च विद्महे विष्णुपत्न्यै च धीमहि।
तन्नो लक्ष्मीः प्रचोदयात्॥
६. १६ दिनसम्म अन्न नखाने, फलाहार गर्ने, ब्रह्मचर्य पालना गर्ने।
५. व्रतको फल – शास्त्र के भन

पद्म पुराणमा:

या नारी कुरुते सम्यक् महालक्ष्मी व्रतम्।
तस्या गृहे सदा लक्ष्मीः स्थिरा भवति निश्चला॥
अर्थ: जुन नारीले राम्रोसँग महालक्ष्मी व्रत गर्छिन्, उनको घरमा लक्ष्मी सधैं स्थिर भएर बस्नुहुन्छ।
लिंग पुराणमा:

दारिद्र्य-नाशनं पुण्यं सर्व-सौभाग्य-दायकम्।
महालक्ष्मी व्रतेनैव सर्व-सिद्धिर्भवेत्॥

अर्थ: महालक्ष्मी व्रतले दरिद्रता नाश हुन्छ, सबै सौभाग्य मिल्छ र सबै सिद्धि प्राप्त हुन्छ।

स्कन्द पुराणमा:

कन्या लभते भर्तारं सुयोग्यं गुण-संयुतम्।
सधवा लभते सौभाग्यं पुत्र-पौत्र-समन्वितम्।।

अर्थ: कन्याले असल पति पाउँछिन्, सधवाले अखंड सौभाग्य र पुत्र-पौत्र पाउँछिन्।
६. महालक्ष्मीका ८ रूप र प्रार्थना
१. आदि लक्ष्मी – रक्षा गर्नुहुन्छ
२. धन लक्ष्मी – धन दिनुहुन्छ
३. धान्य लक्ष्मी – अन्न दिनुहुन्छ
४. गज लक्ष्मी – शक्ति दिनुहुन्छ
५. सन्तान लक्ष्मी – सन्तान दिनुहुन्छ
६. वीर लक्ष्मी – साहस दिनुहुन्छ
७. विजय लक्ष्मी – जित दिनुहुन्छ
८. विद्या लक्ष्मी – विद्या दिनुहुन्छ

प्रार्थना श्लोक:

नमस्तेऽस्तु महामाये श्रीपीठे सुरपूजिते।
शङ्खचक्रगदाहस्ते महालक्ष्मि नमोऽस्तुते॥
नमस्ते गरुडारूढे कोलासुरभयंकरि।
सर्वपापहरे देवि महालक्ष्मि नमोऽस्तुते॥
७. व्रतमा के गर्ने? के नगर्ने?
गर्ने:

  • १६ दिन ब्रह्मचर्य, सत्य बोल्ने
  • दान दिने, ब्राह्मण भोजन गराउने
  • साँझमा कथा सुन्ने-सुनाउने
  • घरमा दीप प्रज्वलन गर्ने
    नगर्ने:
  • झुटो नबोल्ने, रिस नगर्ने
  • नङ, कपाल नकाट्ने
  • कालो कपडा नलगाउने
  • कसैसँग झगडा नगर्ने
    महालक्ष्मी व्रतको सार
    महालक्ष्मी व्रतं पुण्यं यः करोति समाहितः।
    तस्य श्रीः सर्वदा तिष्ठेत् गृहे नित्यं न संशयः॥
    अर्थ: जसले पवित्

You May Also Like

More From Author

+ There are no comments

Add yours