आश्विन महिना श्रवण , वास्तु अनुसार गृह निर्माण ,विश्वकर्मा पूजा आदि बुझेर गर्ने गरौँ !

३१ भदौ, काठमाडौँ । मिति २०८३ साल आश्विन १ गते बिहिबार कन्या {आश्विन} संक्रान्ति,रौद्रनाम संवत्सर, दक्षिणायन, भाद्रशुक्लपक्ष षष्ठी तिथी बिहान १० / २६ बजेसम्म त्यस उप्रान्त सप्तमी तिथी ,अनुराधा नक्षत्र ,विष्कुम्भ योग ,गर करण ,श्रीसूर्यनारायण भाद्र यो दिनबाट सिंह राशी समापन गरेर कन्या राशीमा राती ११ / ५५ बजेदेखि प्रवेश गर्नुहुनेछ।त्यसैगरी वर्षाऋतु अन्त्य भएर शरदऋतु आरम्भ ,यो महिनाको देवताको नाम पद्मनाभो :,देवीको नाम ईशा ,सूर्यको नाम सुवर्णरेता : हो।यो दिन कन्या राशिमा सूर्य: वृश्चिक राशिमा चन्द्र: र कर्कट राशिमा गुरु :{बृहस्पति}को निवाश हुनेगर्दछ। यो तिथि ,बार ,नक्षत्र ,योग ,करण र पञ्चाङ्गको फलहरु श्रवण गर्नाले गङ्गा स्नान {नुहाएको}फल प्राप्त हुनेछ ।

त्यसैगरी यो दिन वास्तु दिवस हो।वास्तुशास्त्र प्राचीन विज्ञान हो। वास्तुशास्त्रको महत्व – शास्त्र प्रमाण सहित

१. मत्स्य पुराणमा वास्तुको बारेमा
वास्तुज्ञानं विना यस्तु गृहं कुर्यात् प्रमादतः।
तस्य वित्तक्षयो नित्यं रोगश्च जायते ध्रुवम्॥
अर्थ: वास्तुज्ञान बिना घर बनाउने मान्छेको सधैं धनको नाश र रोग हुन्छ।
मत्स्य पुराण अध्याय २५३-२६० सम्म ८ अध्याय पुरै वास्तुलाई दिइएको छ।
घर, मन्दिर, दरबार कसरी बनाउने भन्ने सबै यसैमा छ।

२. बृहत्संहिता (वराहमिहिर) मा
प्रासाद-लक्षणं वक्ष्ये गृह-लक्षणमेव च।
वास्तुज्ञानं पुरस्कृत्य यथा आह भगवान् मनुः॥
अर्थ: भगवान मनुले बताउनु भएको वास्तुज्ञान अनुसार म घर र मन्दिरको लक्षण बताउँछु।
वराहमिहिरले भनेका छन् – वास्तु नमिल्दा राजालाई समेत राज्य जान्छ।

३. मनसार शास्त्रमा
वास्तु शास्त्रं पुरा प्रोक्तं ब्रह्मणा परमात्मना।
सर्वेषां भवनानां च हिताय च सुखाय च॥
अर्थ: वास्तुशास्त्र स्वयं ब्रह्माजीले सबै भवनको हित र सुखको लागि बताउनु भएको हो।
मनसार शास्त्र वास्तुको सबैभन्दा ठूलो ग्रन्थ हो – ७० अध्याय छ।

४. मयमतम् शास्त्रमा
भूमिं परिक्ष्य विधिवद् वास्तुं पूज्य विधानतः।
ततः गृहं प्रकुर्वीत सर्वसम्पत्समृद्धये॥
अर्थ: भूमिको राम्रोसँग परिक्षा गरेर, वास्तु पूजा गरेर मात्र घर बनाउनु पर्छ, तब मात्र सबै सम्पत्ति बढ्छ।
मयमतम् मा भनिएको छ – जमिन १६ प्रकारको हुन्छ, राम्रो जमिनमा मात्र घर बनाउनु पर्छ।

५. विश्वकर्मा प्रकाशमा
गृहस्थस्य क्रियाः सर्वा वास्तुमूलाः प्रतिष्ठिताः।
तस्माद् वास्तु सदा पूज्यं गृहारम्भे विशेषतः॥
अर्थ: गृहस्थका सबै काम वास्तुमै अडिएका छन्। त्यसैले घर बनाउँदा वास्तुलाई सधैं पूजा गर्नुपर्छ।
विश्वकर्मा भगवान वास्तुका गुरु हुनुहुन्छ।

६. वेदमा वास्तुको महत्व
ऋग्वेद ७.५४.१
वास्तोष्पते प्रतिजानीहि अस्मान्।
स्वावेशो अनमीवो भवा नः॥
अर्थ: हे वास्तुका मालिक! हामीलाई चिन्नुहोस्। हाम्रो घर रोग रहित बनाइदिनुहोस्।
वेदमै वास्तुदेवलाई प्रार्थना गरिएको छ।

वास्तु किन मान्नुपर्छ?

१. मत्स्य पुराण – वास्तु बिना धननाश, रोग
२. बृहत्संहिता – वास्तु बिना राजाको राज्यनाश
३. मनसार – वास्तु ब्रह्माजीले सुखको लागि बनाउनु भयो
४. मयमतम् – वास्तु मिले मात्रै सम्पत्ति बढ्छ
५. विश्वकर्मा प्रकाश – गृहस्थीको सबै सुख वास्तुमै छ
६. वेद – वास्तुदेवतालाई पूजा गरे घर रोगमुक्त हुन्छ।

वास्तुयुक्तं भवेत् गृहं।
सुख-समृद्धि-आरोग्यं लभते नरः॥

अर्थ: वास्तु मिलेको घरमा सुख, समृद्धि र आरोग्य मिल्छ।
यजुर्वेदको स्थापत्य अध्यायमा वास्तु शिल्पशास्त्रको वयान छ।वास्तु शिल्पशास्त्रलाई दुई भागमा बाँडिएको छ― देवशिल्प र मानवशिल्प।देवशिल्पमा मठमन्दिर, यज्ञशाला आदि धार्मिक संरचना निर्माण विधि सुझाइएको छ भने मानवशिल्पमा आवासीय भवनका विभिन्न कक्षहरू बनाउँदा ख्याल गर्नुपर्ने दिशा र कोणहरूबारे सविस्तार उल्लेख छ।यसले घर कसरी निर्माण गर्नुपर्छ भन्ने ज्ञान सिकाउँछ। वास्तुशास्त्रको पालन गरी बनाइएको घरमा बस्दा सुख, शान्ति एवं समृद्धि प्राप्त हुन्छ। यस्तो घरमा बस्दा उत्साह, उमङ र उल्लासको अनुभूति हुन्छ| वास्तुशास्त्रमा घरको कुन भाग कस्तो हुनुपर्छ भन्ने जानकारी दिइन्छ।प्रवेशद्वार
प्रमुख प्रवेशद्वार अत्यन्त सुशोभित हुनुपर्छ। यसले प्रतिष्ठा बढाउँछ।प्रमुख प्रवेशद्वार अन्य ढोकाभन्दा अग्लो तथा ठूलो हुनुपर्छ। प्रवेशद्वारमा तोरण बाँध्नुपर्छ। यसो गर्दा देवी-देवता खुसी भै घरमा शान्ति छाउँछ। पर्खालको पूर्व र उत्तरतर्फ प्रमुख गेट भए समृद्धि र ऐश्वर्य प्राप्त हुन्छ।ढोका राम्रोसँग खुल्ने तथा कुनै आवाज ननिस्कने हुनुपर्छ। घरको कुनै पनि ढोका धरातलभन्दा तल हुनुहुँदैन। नैऋत्य र वायव्य कोणमा द्वार बनाउनुपर्छ। ढोका आफै खुल्ने-बन्द हुने हुनुहुँदैन।पूर्व दिशा ,यो दिशामा खुला स्थान तथा प्रवेशद्धार भयो भने गृहस्वामीको उमेर लामो, मान-सम्मान तथा सुख-शान्ति प्राप्त हुन्छ। यो दिशा भूमिको तल्लो भागमा हुनुपर्छ। बरन्डा, ढोका, झ्याल, बास बेसिन आदि यो दिशामा बनाउनुपर्छ।

बालबालिकाहरूले यो दिशातर्फ फर्केर अध्ययन गरे सकारात्मक परिणाम आउँछ। पूर्वमा वास्तु दोष भए सूर्ययन्त्रको स्थापना गर्नुपर्छ। सूर्यलाई अर्घ दिनुपर्छ।सूर्यको उपासना गरी पूर्व ढोकामा मंगलकारी तोरण झुन्डाउनुपर्दछ।दक्षिण – पूर्व दिशा ,यसलाई आग्नेय भनिन्छ।यो दिशामा अग्निसँग सम्बन्धित कार्य गर्नुपर्छ। किचन, ट्रान्सर्फमर, जेनेरेटर आदि यो दिशामा राख्नुपर्छ।यसका साथै यो दिशामा काम गर्नेको कोठा, ट्वाइलेट आदि बनाउन सकिन्छ।यसमा वास्तु दोष भए मङ्गलका लागि ढोकामा मङ्गलकारी यन्त्र राख्नुपर्छ। गणेशको पूजा गर्नुपर्छ।ढोकाको बाहिरी एवं भित्री भागमा हरियो रंगको गणेश स्थापना गर्नुपर्छ।दक्षिण दिशा,

यो दिशामा खुलापन हुनुपर्छ।यो ठाउँमा कुनै प्रकारको खाल्टो अथवा चर्पी हुनुहुँदैन।यो दिशामा भवन अग्लो ठाउँमा छ भने गृहस्वामीलाई सुख, समृद्धि र निरोगी राख्छ। यो दिशा धन राख्न उपयुक्त मानिन्छ।दक्षिण दिशामा वास्तुदोष छ भने घर वा ढोकामा मङ्गलकारी तोरण झुन्डाउनुपर्छ।यहाँ सुड भएको गणेश पनि झुन्डाउन सकिन्छ।यहाँको वास्तु दोष मेट्न हनुमान तथा भैरवको उपासना लाभ

You May Also Like

More From Author

+ There are no comments

Add yours