कोलमतिघाट स्नानको धार्मिक महत्व!

१५ भदाै, काठमाडौँ । मिती २०८३ साल भदौ १६ गते मंगलबार भाद्रकृष्णपक्ष चतुर्थी तिथी प्रात: ७ / १६ बजेसम्म त्यस उप्रान्त पञ्चमी तिथी आरम्भ भएको हुनाले यो दिन कागेश्वरी मनोहरा नगरपालिका वडा नं – ४ मा स्कन्द पुराणअन्तर्गतको हिमवत्खण्ड (नेपालमाहात्म्य) वाग्मती नदीको तीर वर्णन ,कोलमती तीर्थ र कोलमतीघाटका बारेमा वर्णन गरिएको छ ।

पशुपति महात्म्य / नेपाल माहात्म्य
बागमती चैलमती कोलमती संगमे शुभे

त्रिवेणीति विख्याता पापध्वंसकरी नदी
तत्र स्नात्वा नरः सद्यः गोकोटिफलमाप्नुयात्

अर्थ: बागमती, चैलमती र कोलमतीको शुभ संगमलाई त्रिवेणी भनिन्छ।यो पाप नाश गर्ने नदी हो। त्यहाँ स्नान गर्नेले तुरुन्त करौडौं गाईदान बराबरको फल पाउँछ।

नेपाल माहात्म्य = स्वयम्भू पुराणको उत्तरार्ध।
प्रमाण १: त्रिवेणी संगमको वर्णन
पशुपतेः कुले तिस्रो नद्यः समागताः
बागमती चैलमती च कोलमती पुण्यवाहिनी
तासां संगमजं तोयं त्रिवेणीति प्रकीर्तितम्
गंगात्रिवेणितुल्यं च सर्वपापहरं शुभम्

अर्थ: पशुपतिनाथको किनारमा ३ वटा पवित्र नदी मिल्छन् – बागमती, चैलमती, कोलमती। तिनको संगमको जललाई भनिन्छ। यो गंगाको त्रिवेणी तुल्य सबै पाप नाश गर्ने छ। नेपाल माहात्म्य अध्याय ३०
प्रमाण २: स्नानको फल – करोड गोदान बराबर
भाद्रकृष्णे तु पञ्चम्यां त्रिवेण्यां यो नरः स्नात्
कोटिगोप्रदानस्य यत् पुण्यं तत् लभेद् ध्रुवम्
पितृणां तर्पणं तत्र अक्षयं जायते नृणाम्

अर्थ: भाद्र कृष्ण पञ्चमीमा त्रिवेणीमा जसले स्नान गर्छ, उसले पक्का पाउँछ। त्यहाँ गरेको पितृतर्पण अक्षय हुन्छ।
स्नेपाल माहात्म्य अध्याय ३१

प्रमाण ३: क्षेत्र माहात्म्य
त्रिवेणीसंगमे स्नानं दानं श्राद्धं च यत् कृतम्
त् सर्वं कोटिगुणितं पशुपतेः प्रसादतः

अर्थ: त्रिवेणी संगममा गरेको स्नान, दान, श्राद्ध सबै पशुपतिनाथको कृपाले फल दिन्छ। नेपाल माहात्म्य अध्याय २८

त्रिवेणीसंगमे स्नानं सर्वपापप्रणाशनम्
कोटिजन्मार्जितं पापं तत्क्षणादेव नश्यति

अर्थ: त्रिवेणी संगममा स्नान गर्नाले सबै पाप नाश हुन्छ। करोड जन्मको पाप पनि त्यही क्षण नाश हुन्छ। स्कन्ध पुराण, काशी खण्ड ३१.४५

प्रमाण २: भाद्र कृष्ण पञ्चमी + पितृतर्पण
कृष्णपञ्चम्यां भाद्रपदे पितृकार्यं प्रशस्यते
नदीसंगमे दानं च कोटिगुणफलप्रदम्

अर्थ: भाद्र कृष्ण पञ्चमीमा पितृकार्य श्रेष्ठ छ। नदी संगममा दान गरे मिल्छ। स्कन्ध पुराण, प्रभास खण्ड

प्रमाण ३: पवित्र नदी संगम माहात्म्य
यत्र तिस्रः समायान्ति नद्यः पुण्यजलाः शुभाः
तत्र स्नानं प्रकुर्वीत मुक्तिकांक्षी नराधमः अपि

अर्थ: जहाँ ३ वटा पवित्र जल भएका नदी मिल्छन्, त्यहाँ मुक्ति चाहनेले स्नान गर्नु। अधम मानिसले गरे पनि मुक्ति पाउँछ।स्कन्ध पुराण, अवन्ती खण्ड

कोललाई बराह भनिने भएकाले श्वेतबाराहीबाट बगेर आएको नदीलाई कोलमती भनिएको हो।कोलमती वाग्मतीमा मिसिने घाटलाई कोलमतीघाट भनिन्छ ।

कोलमती र वाग्मती मिसिने स्थानमा चैलमतीसमेत मिसिएर त्रिवेणीघाट बनेकाले यो स्थलको महत्व पौराणिक एवं शास्त्रीय ग्रन्थमा वर्णन गरिएको छ ।वामन अवतार लिनुभएका भगवान् विष्णुलाई सृष्टिकर्ता ब्रह्माले जल चढाउँदा कपडामा परेर खसेकाले चैलमती नाम रहेको वर्णन ती ग्रन्थमा गरिएको छ।चैलमतीलाई हाल शब्द अपभ्रंश भई चौलमती पनि भनिन्छ ।यहाँ ब्रह्माले वामनरुपी भगवान् विष्णुलाई जल चढाउँदा खसेको शिलालाई अहिले पनि चौलनारायणका रूपमा पूजा आराधना गरिन्छ ।

नेपाल माहात्म्यको ३२औँ अध्यायमा सुन्दराचल क्षेत्रको वर्णन छ ।त्यो क्षेत्र हालको सुन्दरीजल हो ।सुन्दरीजलको तल्लो भागमा पर्ने यो स्थल सुन्दराचलकै आधुनिक रूप हो ।कोलमती, चैलमती र वाग्मती गरी तीन नदी मिसिएर त्रिवेणी सङ्गम बनेको कोलमतीघाटमा सत्ययुगमा भगवान् विष्णुसमेत आएर स्नान गर्नुभएको प्रसङ्ग पनि विभिन्न धार्मिक ग्रन्थमा वर्णन गरिएको छ ।धार्मिक महत्व भए पनि गोकर्णेश्वर उत्तरवाहिनी क्षेत्र नजिकै रहेकाले कोलमतेश्वर क्षेत्र लामो समयदेखि ओझेलमा परेको छ।
पं-बालमुकुन्द देबकोटा

You May Also Like

More From Author

+ There are no comments

Add yours